२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथो मिस्टर बुल्समेन राष्ट्रिय शारीरिक सुगठन हुँदै



अ+ अ-

काठमाडौँ । चौथो मिस्टर बुल्समेन खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आगामी आसोज ६ गतेदेखि शुरु हुने भएको छ ।

प्रत्येक दुई वर्षको अन्तरमा बुल्समेन क्लब पोखराको आयोजनामा हुँदै आएको प्रतियोगिता आगामी शुक्रवार र शनिवार सानेपास्थित हेरिटेज गार्डेन सञ्चानल हुने भएको हो । बुधवार बुल्समेन क्लव पोखराले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको थियो । वि.सं. २०७१ सालदेखि शुरु भएको प्रतियोगिताको दोस्रो संस्करण २०७३ सालमा भएको थियो । २०७५ सालमा तेस्रो संस्करण भएपनि चौथो संस्करण भने निर्धारित समयमा नै हुन सकेन ।

२०७७ मा हुनुपर्ने चौथो संस्करण कोरोना महामारीका कारण हुन नसकेको हो । यस अघिका संस्करण पोखरामा आयोजना भएपनि आयोजकले पहिलो पटक उपत्यका केन्द्रित गर्दै प्रतियोगिता सञ्चालन गर्न लागेको छ । आयोजकका अध्यक्ष नुना गुरुङले प्रतियोगितालाई देशव्यापी रूपमा बनाउँदै प्रायोजक भित्राउने उद्देश्यअनुरूपमा उपत्यकामा खेल आयोजना गरिएको बताउनु भयो । प्रतियोगितामा पुरुषतर्पm बडी बिल्डिङमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी तौलसमूह र ८० केजी तौलमाथि समूहमा प्रतिष्पर्धा हुनेछ ।

पुरुषको फिजिकमा एक सय ७० सेमीभन्दा माथि र तल गरी नौ विधा समावेश गरिएको छ । महिलामा भने वेल्नेस र फिजिकमा खुला प्रतिष्पर्धा हुनेछ । बडी बिल्डिङमा ओभरल च्याम्पियनले पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक तौलसमूहका विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । पुरुष तथा महिला फिजिकतर्पmका विजेतालाई एक लाख, उपविजेता ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपौयाँ प्रदान गरिनेछ । प्रतियोगिता आयोजना गर्न ६५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

त्यस्तै आयोजकले प्रतियोगिताबाट करिव १५ लाख वचत हुने र सो रकम शारीरिक सुगठनको विकास र बुल्समेन खेलाडी अक्षयकोष स्थापना गरी खेलाडीको हकहीतका लागि खर्च गर्ने जनाएको छ । प्रतियोगितामा उपत्यका बाहिरका खेलाडीलाई तीन हजार भत्ता दिने र उनीहरूसँग दर्ता शुल्क एक हजार रूपैयाँ लिने आयोजकका अध्यक्ष नुना गुरुङले जानकारी दिए । प्रतियोगिताका लागि अहिलेसम्म एक जना खेलाडीले नाम दर्ता गरिसकेका छन् ।