५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो हुन्छ: मुख्यमन्त्रीहरु

संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो हुन्छ: मुख्यमन्त्रीहरु
अ+ अ-

काठमाडौँ । विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयतालाई प्रभावकारी बनाउनका लागि संविधानको कार्यान्वयनमा जोड दिनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँहरुले संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो हुने बताउनुभयो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा स्थापित नागरिक अधिकार कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानकोे मर्मअनुसार लोकतन्त्र र सङ्घीयता बलियो बनाउन तीनै तहका सरकार अधिकारसम्पन्न हुनु पर्ने बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयन भइसक्दासमेत प्रदेश सरकारले अझै पूर्ण अधिकार पाउन नसकेको अवस्था रहेको बताउनुभयो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले परिवर्तित व्यवस्थासँगै जनताको अवस्था परिवर्तनका लागि नयाँ खालको संघर्ष जरुरी भएको बताउनुभएको छ । “एकात्मक राज्यव्यवस्था अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अर्थात् जनमैत्री शासन व्यवस्था ल्याइएकाले सिंहदरबारभित्र केन्द्रित अधिकार गाउँ गाउँमा पुगेको छ । यो नै विभिन्न चरणमा भएका भएका आन्दोलनका उपलब्धि हो”, उहाँले भन्नुभयो । रासस