७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुलेर पनि भान्सामा उल्टो नराख्नुस् यी वस्तुहरु



अ+ अ-

एजेन्सी । वास्तु शास्त्रमा घरमा हरेक वस्तु राख्नका लागि केही नियम दिइएको छ । त्यसैगरी भान्साकोठामा भाँडाकुँडा राख्नका लागि केही वास्तु नियमहरू पनि उल्लेख गरिएको छ, जसलाई ध्यानमा राख्नुपर्छ ।

प्रायः हामी भान्साकोठामा धेरै भाँडाहरू उल्टो राख्छौं । तर वास्तु शास्त्रका अनुसार केही भाँडाकुँडालाई उल्टो राख्दा वास्तु दोष हुन सक्छ । जसका कारण मानिसलाई धेरै किसिमका समस्याको सामना गर्नु पर्ने हुन्छ ।

रोटी बनाउन प्यान (तावा) प्रयोग गरिन्छ । वास्तुशास्त्रका अनुसार प्यानलाई कहिल्यै उल्टो राख्नु हुँदैन । यसले घरमा वास्तु दोष उत्पन्न हुन सक्छ, जसका कारण धेरै प्रकारका समस्याहरू आउन सक्छन् ।

तरकारी पकाउन वा कुनै पनि चीज फ्राइ गर्न कराई प्रयोग गरिन्छ । वास्तुशास्त्रमा कराईलाई पनि उल्टो राख्नुहुँदैन भन्ने मान्यता रहेको छ । जसका कारण घरमा नकारात्मक उर्जा बढ्न थाल्छ ।

साथै, वास्तु शास्त्रमा यो पनि उल्लेख गरिएको छ कि प्यान प्रयोग गरेपछि तिनीहरूलाई कहिल्यै फोहोर छोड्नु हुँदैन, बरु प्रयोग गरेलगत्तै तिनीहरूलाई धुनुहोस् र सफा राख्नु पर्छ ।

वास्तु शास्त्र अनुसार पित्तल, तामा, स्टिल र अन्य धातुका भाँडाहरू सधैं भान्साको पश्चिम दिशामा राख्नुपर्छ । यदि तपाईंले आफ्नो घरमा यी वास्तु नियमहरू ख्याल गर्नुभयो भने, तपाईं धेरै समस्याहरूबाट बच्न सक्नुहुन्छ ।