२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरु भयो काठमाडौँ उपत्यकामा द्रुत बस सेवा



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा द्रुत बस सेवा शुरु भएको छ ।

संविधान दिवसको अवसर पारेर बुधबार काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गर्नुभयो ।

सूर्यविनायक–रत्नपार्क चल्ने द्रुत बस सेवा आज उद्घाटन भए पनि बिहीबारबाट मात्र सर्वसाधारणका लागि सञ्चालनमा आउने बताइएको छ । बुधबार उद्घाटनपछि द्रुत सेवाको बसमा भौतिक मन्त्री ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह लगायतले यात्रा गर्नुभएको थियो ।