५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

लक्ष्यभन्दा बढी राजस्व सङ्कलनको अभियानमा भरतपुर महानगर

लक्ष्यभन्दा बढी राजस्व सङ्कलनको अभियानमा भरतपुर महानगर
अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान अघि बढाइएको हो ।

चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन उद्देश्यसहित अभियान सुरु गरिएको हो । महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार गत भदौ २५ गते सूचना जारी गरी १५ दिनभित्र सबैलाई करको दायरामा आउन सार्वजनिक अपिल गरिएको छ । साथै राजस्वको दायरा आउनेलाई स्टिकर प्रदान गरिनेछ

महानगरपालिकाले विभिन्न पाँच शीर्षकमा फरक–फरक स्टिकर तयार गरेको छ । व्यवसाय कर, घरबहाल कर, सम्पत्ति कर, मनोरञ्जन कर र सेवा शुल्क दस्तुर गरी पाँचवटा रङ्गका स्टिकर टाँसिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “करदाताले जुन कर तिर्नुहुन्छ, उहाँहरुको फार्ममा सोही स्टिकर टाँस्ने छौँ ।” त्यसपछि टोल(टोलसम्म पुगेर अनुगमन गरिनेछ । अहिले नै वडा र टोल विकास समितिहरुलाई पत्राचार गरी करको दायरामा आउन सबैलाई आह्वान गर्न लगाइएको छ ।

महानगरपालिकाले कर सङ्कलनका लागि टास्कफोर्समेत बनाउँदै छ । यसले कर सङ्कलनमा सहयोग गर्नेछ । सोही समितिमार्फत अनुगमन समेत गरिने छ ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पहिलो चरणमा व्यापक प्रचारप्रसार गरेर व्यवसाय दर्ता गर्न आग्रह गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “महानगर क्षेत्रभित्र दर्ता नगरी व्यवसाय गर्न सम्भव छैन”, उहाँले थप्नुभयो, “कर तिरौँ र विकास गरौँ भन्ने अभियानका साथ हामी अघि बढेका छौँ ।”

महानगरमा उठ्नुपर्ने करको २० प्रतिशत मात्रै उठेको भन्दै उहाँले चालु आवमा लक्ष्यभन्दा बढी कर उठाइने बताउनुभयो । चालु आवमा महानगरले रु एक अर्ब ७५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । उहाँले चालु आवमा रु दुई अर्बभन्दा बढी राजस्व उठाउने योजना बनाइएको बताउनुभयो ।

गत आवमा रु एक अर्ब २५ करोड हाराहारी मात्रै राजस्व सङ्कलन भएको थियो । अधिकारीले भन्नुभयो, “करै नतिरी व्यवसाय गर्छु भन्नु भएन, अटेर गरेर दर्ता नगरेका व्यवसाय बन्द हुनेछन् ।”

अहिलेको अवस्था राम्रो नभएकाले करको दर नबढाइने भन्दै उहाँले दायरा बढाएर कर सङ्कलन गर्न लागिएको बताउनुभयो । महानगरले नेपाल टेलिकम, खानेपानी संस्थान, विद्युत् प्राधिकरणलगायतका कार्यालयसँग समन्वय गरेर कर सङ्कलन अभियानलाई अघि बढाएको छ । महानगरमा कर नतिरेसम्म अन्य सुविधाबाट समेत वञ्चित हुने गरी योजना अघि सारिएको हो ।

चालु आवमा हालसम्म रु १२ करोड कर सङ्कलन भएको छ । महानगरपालिकाले आइतबार दैनिक एक सय जनालाई मोबाइलमा म्यासेज पनि पठाउन पनि सुरु गरेको छ । यससँगै सिनेमा हल, सञ्चार माध्यमहरु, माइकिङलगायतका माध्यमबाट प्रचारप्रसार भइरहेको छ ।

महानगर प्रमुख रेनु दाहालले चालु आवमा राजस्व सङ्कलनलाई अभियानकै रुपमा अघि बढाइएको जानकारी दिनुभयो । विगतका वर्षमा लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको भन्दै उहाँले चालु आवमा लक्ष्यभन्दा बढी राजस्व उठाउने बताउनुभयो । महानगरभित्रका सबै टोल सुधार संस्थालाई यस अभियानमा सहभागी गराइएको उहाँको भनाइ छ ।

महानगरमा सङ्कलित करको दुई प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिने गरी नीतिगत निर्णय भइसकेको छ । महानगरभित्र सात सय ४४ वटा टोल विकास संस्था छन् । महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर सङ्कलनलाई अभियानका रुपमा अघि बढाएको उहाँले बताउनुभयो ।

विगतका वर्षहरुमा घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएकामा गत वर्षबाट यो कर स्थानीय तहमा जम्मा गर्ने व्यवस्था गरिएको छ । वडा कार्यालयमार्फत टोलटोलमा प्रचार अभियान अघि बढाइएकाले सबै करको दायरामा आउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले विज्ञहरुको सहभागितामा करसम्बन्धी छलफल सञ्चालन गर्न लागिएको बताउनुभयो । रासस