५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

गल्याङ बजारको फोहर व्यवस्थापन चुनौती बन्दै

गल्याङ बजारको फोहर व्यवस्थापन चुनौती बन्दै
अ+ अ-

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिले बजार क्षेत्रको फोहर लामो समयदेखि वडा नं ११ को छरछरेमा व्यवस्थापन गर्दै आएको थियो । गएको जेठ २७ गते नगरपालिकाले सङ्कलन गरेकोे फोहरमा अज्ञात समुहले आगो लगाएको वातावरणीय संरक्षण मञ्चका सदस्य निर्मल भट्टराईले बताउनुभयो । उहाँका अनुसार आगो १५ दिनपछि मात्र नियन्त्रणमा आएको थियो ।

आगलागीका कारण स्थानीय बासिन्दा, वायुमण्डल, वनस्पति र आँधीखोलाका जलचरप्राणीमा प्रत्यक्ष असर परेको भन्दै मञ्चले दोषीलाई कारबाही गर्न र फोहरको उचित व्यवस्थापन गर्न नगरपालिकासहित वडा नं ३ मा निवेदन दिएको भट्टराईले बताउनुभयो ।

नगरपालिकाले आगो लगाउनेलाई कारबाही गर्न नसकेको, फोहरको उचित व्यवस्थापन नभएको भन्दै उक्त ठाउँमा फोहर फाल्न स्थानीयले रोक लगाएका उहाँले जानकारी दिनुभयो । वातावरणीय संरक्षण युवामञ्च, स्थानीय र जनप्रतिनिधिले पटकपटक छलफल गरेर फोहर व्यवस्थापनको समस्या समाधान गर्न खोजे पनि सहमति जुट्न नसकेको मञ्चले जनाएको छ । बजारको फोहर नउठ्दा गल्याङका बजारवासी कष्ट भोग्न बाध्य छन् ।

नगरपालिकाले फोहर व्यवस्थापनको समस्या समाधान गर्ने उद्देश्यसहित सुरेश सुवेदीको संयोजकत्वमा गल्याङ नगर सरसफाइ समितिसमेत बनाएको जनाइएको छ । मञ्च, स्थानीय र जनप्रतिनिधिबीच कुहिने र नकहिने फोहर छुट्याएर मात्र साउन ७ गतेसम्म नजिकै फोहर विसर्जन गर्ने सहमति बनेको संयोजक सुवेदीले बताउनुभयो ।

नगरपालिका र नगर समितिले वडा नं ३ छर्तिघाटमा डोजर लगाएर सरसफाई केन्द्र निर्माण सुुरु गरेको स्थानीय प्रवेश अर्यालले बताउनुुभयो । “कालीगण्डकी नदीस्थित छर्तिघाट नजिकै कालीगण्डकी गुरुकुल, उत्तरबाहीनी क्षेत्र र मृत्युपछि अन्तिम संस्कार गर्ने थलो भएकाले यहाँ फोहोर बिसर्जन गर्दा नदीको सभ्यतामा आँच आउँछ”, उहाँले भन्नुभयो, “फोहर व्यवस्थापनका लागि अन्य विकल्प खोज्नु पर्छ । हामीले यहाँ किसर्जन गर्न नदिने भनेर विरोध जनाएका हौँ ।”

वडा नं ३, ७ र ११ को अन्तिम संस्कार गर्ने स्थान छर्तिघाट भएकाले यहाँ फोहर फाल्न रोक लगाउनुपर्ने माग राख्दै वडा नं ३ का स्थानीयले जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई ज्ञापन पत्र बुझाएको स्थानीय कमल वस्यालले बताउनुभयो । नगरपालिकाले वैज्ञानिक ढङ्गबाट वातावरणलाई नविगार्ने गरी सङ्कलन केन्द्र बनाए आफुहरुले स्वीकार गर्ने उहाँले बताउनुुभयो ।

पाल्पाको रम्भा गाउँपालिका–१ ले पनि उक्त स्थानमा फोहर नफाल्न माग राख्दै गल्याङ नगरपालिका–३ कार्यालयलाई ध्यानाकर्षपत्र बुझाएले वडाध्यक्ष ईश्वरी काफ्लेले जानकारी दिनुभयो ।

छर्तिघाटमा फोहर विसर्जन गर्दा कालीगण्डकी नदीको सभ्यतामा असर पर्ने भन्दै उक्त काम रोक्न माग गर्दै नगरपालिकालाई विपक्षी बनाएर प्रबेश अर्यालले उच्च अदालत पोखरामा रिट निवेदन दिनुभएको थियो । अदालतले अर्यालले दिनुुभएको रिटमाथि गत भदौ २६ गते सुनुवाई गर्दै छर्तिघाटमा फोहोर विसर्जन सहितका सबै काम रोक्न अन्तरिम आदेश दिएको अदालतका न्यायधिश श्रीधराकुमारी पुडासैनीले जानकारी दिनुभयो ।

अदालतले फोहोर विर्सजन सहितका कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको तीन दिनपछि नगरपालिकाले सरसफाई केन्द्र निर्माणको काम रोकेको स्थानीय अर्यालले बताउनुभयो । उहाँका अनुसार उच्च अदालत पोखराले दुवै पक्षलाई असोज १० गते सुनुवाइका लागि बोलाएको छ ।

नगरपालिका र नगर सरसफाइ समितिले कालीगण्डकीको ४८ मिटरको दूरीमा रहेको सार्वजनिक वन फँडानी गरी फोहर फाल्ने ठाउँ निर्माण गर्न लागेकाले अदालतमा निवेदन दिनुपरेको निवेदक अर्यालले बताउनुभयो । “कालीगण्डकी नदीको धार्मिक, वातावरणीय, मानव स्वास्थ्य र पर्यटकीय दृष्टिकोणले निकै महत्व छ,” उहाँले भन्नुभयो, “यहाँ फोहोर विसर्जन सहितका काम नगर्न पटकपटक नगर प्रमुखलाई भेटी वार्ता र पत्राचार गर्दा पनि काम नरोकिएपछि कानुनी उपचार खोज्न बाध्य भयौँ ।”

नगरपालिकाले फोहर व्यवस्थापन वैज्ञानिक र वातावरण मैत्री तवरले गर्न खोजेको नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमल्सिनाले दाबी गर्नुभयो । उहाँले छर्तिघाटस्थित सरसफाइ केन्द्रमा फोहर विसर्जन गर्ने नभएर फोहरलाई वर्गीकरण गरिने बताउनुभयो ।

“देशका कतिपय पालिकाहरुमा फोहरलाई मोहोरमा परिणत गरेको अवस्थामा गल्याङ नगरपालिकाले पनि त्यस्तै अभ्यास गरिने योजनाका साथ सरसफाइ केन्द्र निर्माणको काम थालिएको हो”, उपप्रमुख न्यौपानले भन्नुभयो, “फोहर सङ्कलन केन्द्र बनाउन लागिएको विषयलाई अतिरञ्जित गर्न खोजिएको हो ।”

उहाँले कुहिने फोहोरको कम्पोष्ट मल बनाउने, पुन:प्रयोग गर्न मिल्नेलाई प्रयोग गर्ने र नमिल्नेलाई कच्चापदार्थका रुपमा विभिन्न उद्योगमा पठाउने तयारीअनुरुप काम अगाडि बढाइएको बताउनुभयो । न्यौपानेले गल्याङको फोहर व्यवस्थापन सबैको साझा विषय भएकाले सहमति र सहकार्यको बाटोमा लाग्न सकिने बताउनुभयो । रासस