९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गर्न जर्नादन शर्माको ६ सुझाव



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोभिडको बिश्वव्यापी महामारीसँगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको बताएका छन् । कोरोना उपचारका लागि आइसियु,अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भइ उपचारमा गम्भीर समस्या पैदा भैरहेको टिप्पनी गर्नुभयो।

डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचारमा महत्त्वपूर्ण भुमिका खेलिरहेको भएपनी कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरु सक्रिय बनाउनु पर्ने आवश्यक रहेको बताउनु भएको छ ।

देशका कतिपय अस्पतालमा ओपीडी सेवा समेत बन्द रहेको अवस्थामा जर्नादन शर्माले सरकारको गम्भीर ध्यानाकर्षण गर्नको लागि ६ बुँदे कामहरू तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ।

१) देश भरका सरकारी तथा निजि सबै अस्पतालसंग भएको उपचार क्षमताको आकलन गर्ने । अस्पतालका सञ्चालक तथा डाक्टरहरुसंग सहकार्य गरि ७०५ कोभिड उपचारको लागि छुट्याउने ।

२) अक्सिजन प्लान्टहरु सुचारु गर्ने,सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महाबिर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न ।

३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि (Inj Remdesevir 100 mg) सरकारले सबै जिल्ला अस्पतालमा पठाउने । सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजन सहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने ।

४) देशभर उपलब्ध डाक्टरहरुले संख्या कति छ एकिन गरि कर्णाली,सुप जस्ता दुर्गम क्षेत्र सहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने ।

५) आइसियु इकुमेन्ट, अक्सिजन प्लान्ट लगायतका इकुमेन्टहरु हवाई मार्ग मार्फत  तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने ।

६) महामारीको जोखिम मोलि काम गर्ने डाक्टर लगायत जोखिमका  क्षेत्रहरुमा काम गर्ने सबैका लागी १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने ।




भर्खरै