५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

दक्षिण अफ्रिकासँग अष्ट्रेलिया १ सय ६४ रनको फराकिलो अन्तरले पराजित

दक्षिण अफ्रिकासँग अष्ट्रेलिया १ सय ६४ रनको फराकिलो अन्तरले पराजित
अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाले चौथो ओडिआई खेलमा अष्ट्रेलियालाई १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । शुक्रबार सेन्चुरियनमा भएको खेलमा हेनरिक क्लासेनको १ सय ७४ रनको विष्फोटक इनिङमा दक्षिण अफ्रिकाले जित हात पारेको हो । योसँगै पाँच ओडिआई खेलको सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि ४ सय १७ रनको विशाल विजयी लक्ष्य पाएको अष्ट्रेलिया ३४.५ ओभरमा २ सय ५२ रनमा अल आउट भयो । अष्ट्रेलियाका एलेक्स केरी ९९ रनमा आउट भए । उनले ७७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।

केरीबाहेक अष्ट्रेलियाका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । टिम डेविड ३५, डेविड वार्नर १७, ट्रविस हेड १७, मिचेल मार्श ६, मार्नस लाबुसेन २०, मार्कस स्टोइनिस र नाथन एलिसले १८/१८ रन बनाए ।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुन्गी एनगिडीले सर्वाधिक ४ विकेट लिए । कागिसो रबाडाले ३ विकेट लिदा मार्को यानसन र केशव महाराजले समान एक विकेट लिए ।

त्यसअघि सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ गुमाउँदै ४ सय १६ रन बनाएको थियो । जसमा हेनरिक क्लासेनले मात्रै १ सय ७४ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । उनले ८३ बलमा १३ चौका र १३ छक्का प्रहार गरे । डेविड मिलर ८२ रनमा नटआउट रहे । उनले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । पाँचौं विकेटका लागि क्लासेन र मिलरले ९४ बलमा २ सय २२ रनको विष्फोटक दोहोरो शतकीय साझेदारी गरेका थिए ।

यस्तै, रास्सी भान डर डुसेनले ६२ रन बनाउदा ओपनर क्विन्टन डि कक ४५ र रिजा हेन्ड्रिक्स २८ रनमा आउट भए ।

अष्ट्रेलियाका जोश हेजलवुडले सर्वाधिक २ विकेट लिए । मार्कस स्टोइनिस, माइकल नेसेर र नाथन एलिसले समान एक विकेट लिए । एडम जाम्पाले १० ओभरमा विनाविकेट १ सय १३ रन खर्चिए ।

पहिलो खेलमा दक्षिण अफ्रिका ३ विकेट र दोस्रो खेलमा १ सय २३ रनले पराजित भएको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिका १ सय ११ रनले विजयी भएको थियो । आइतबार सिरीजको पाँचौं तथा निर्णायक खेल हुनेछ ।