५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

धादिङबेँसीका पशु बधशाला मापदण्ड विपरीत

धादिङबेँसीका पशु बधशाला मापदण्ड विपरीत
अ+ अ-

मलेखु । धादिङबेँसीका उपभोक्ताले खाने मासु काट्ने बधशाला मापदण्ड विपरीत पाइएका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीका उपभोक्ता र मासु पसलहरुलाई लक्षित गरी सञ्चालन भइरहेका बधशाला सामान्य मापदण्डमा पनि नरहेको पाइएको हो ।

बिहानै बधशालाको अनुगमनमा पुगेका सरकारी टोलीले हाल बधशालामा काटिएका मासु खानयोग्य नै नरहेको बताएको छ । नीलकण्ठ नगरपालिका उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनमा पुग्नुभएका जिल्ला भेटेरिनरी अस्पतालका पशुविज्ञ डाक्टर सन्दीप सिलवाल भन्नुहुन्छ, “धादिङबेँसीका पशु बधशालाहरु बधशाला भन्न मिल्ने अवस्थामा छैनन्, ती बधशालाहरुमा काटिएको मासु स्वस्थ्य छ, खान मिल्छ भन्न सकिने अवस्था छैन ।”

वडा नं ८ को कमेरेमा नमल फ्रेस हाउसको नामबाट सञ्चालन भइरहेको पशु बधशाला र नीलकण्ठकै वडा नं १२ मा रहेको लापाली मासु पसलको नामबाट सञ्चालन भइरहेको बधशालाको बिहीबार विज्ञसहितको टोलीले अनुगमन गरेको हो । उहाँका अनुसार बिहान ५ बजे अनुगमन टोली पुग्दा लापाली मासु पसलको नामबाट सञ्चालित बधशाला बन्द गरेर राखेको भेटियो । “काट्नकै लागि ल्याएर राखिएका पशुहरु थिए तर बधशाला बन्द थियो”, डा सिलवालले भन्नुभयो, “हिजो अस्ती काटिरहेको बुझिन्छ, हामी बिहान ५ बजे पुग्दा पनि बन्द भएको भेटियो, पशु वस्तु थिए, कतैबाट सूचना पाएर बन्द भएको हुनसक्ने बुझिन्छ ।” अघिल्लो वर्ष बधशाला निर्माणका लागि प्रदेश सरकारको अनुदान सहयोग लिए पनि पुरानै ठाउँमा काट्ने गरेको भेटिएको छ ।

कमेरेको नमल फ्रेस हाउस नामबाट सञ्चालन भइरहेको पशु बधशाला झन् वरिपरि मान्छे पुग्नै नसक्ने अवस्थामा पाइएको छ । पशु काटेर थुपारिएका छाला र हड्डीहरुले दुर्गन्धित त छँदैछ कुहिएको छाला र हड्डीले वरपरसमेत जान सकिँदैन । नाम बधशाला भनिए पनि बधशालामा हुनुपर्ने न्यूनतम मापदण्ड पनि लागू नगरेको भेटिएको नगर उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक दीपक विश्वकर्माले बताउनुभयो ।

पशु बधशाला तथा बधस्थल सञ्चालन मापदण्डअनुसार मासु काट्दा माक्स, एप्रोन, पन्जा, गमबुट अनिवार्य लगाउनु पर्छ । मासु काट्दा लगाउने र बाहिर लगाउने कपडा छुट्टै हुनुपर्छ । यी सामान्य मापदण्ड पनि लागू नगरेको पाइएको छ । “मापदण्डअनुसार सफा तथा स्वच्छ पानीले मासु धुनुपर्छ, बर्खाको बेला पनि खोलाको धमिलो पानी तानेर धुने गरेको भेटियो”, अनुगमनमा पुग्नुभएका नगरपालिकाका शाखा अधिकृत लोकनाथ उपाध्याय भन्नुहुन्छ, “मासु राखेका स्टोर कोठाहरु पनि सरसफाइ छैन, त्यहाँ काटेको मासु खानयोग्य देखिएन ।”

उहाँका अनुसार मासु काट्ने र मासु लिन जानेहरुले प्रयोग गर्ने शौचालयमा पनि दिशा भरिएर जाम भएर दुर्गन्धित अवस्थामा छ । शौचालय जाँदा बोतलमा पानी बोकेर जाने गरेको र पर्याप्त पानी नभएकाले शौचालयको फोहोरसमेत मासुमै मिसिने खतरा रहेको भेटिएको उहाँले जानकारी दिनुभयो ।

पशु बध गर्नुअघि बेहोस बनाउने र मार्नका लागि प्रयोग गर्ने उपकरण केही छैन । टाउकोमा घनले हानेर मार्ने पुरानै तरिका अपनाउने गरेको अनुगमन टोलीले भेटेको छ । मासु खानयोग्य हुन्छ कि हुँदैन भनेर काट्नु अघि पशुको स्वास्थ्य परीक्षण गर्नुपर्छ । उहाँका अनुसार काटिसकेपछि त्यो मासु खानयोग्य छ कि छैन भनेर परीक्षण गर्नुपर्ने मापदण्ड भए पनि दुवै बधशालामा पशु र मासु परीक्षण गर्ने मान्छे तथा उपकरण नै छैन ।

बधशालाले लापरबाही तरिकाले काटिरहेको मासु बजारका मासु पसललेहरुले ल्याएर बेच्ने गरेको नगरपालिकाका पशु सेवा शाखाका सुवास खतिवडाले बताउनुभयो । खतिवडाका अनुसार एउटा बधशालामा औषतमा दैनिक दुईदेखि तीन राँगा तथा भैँसी काटिने गरेको छ । बजारका प्राय: सबै मासु पसलहरुले त्यहीँबाट ल्याएर उपभोक्तालाई बिक्री गरिरहेका छन् । मासु पसलमा सफा देखिए पनि गुणस्तरहीन हुनसक्ने खतिवडाको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग, नगरपालिका, भेटेरिनरी अस्पताल लगायतले पटक पटक सुधार गर्न निर्देशन दिने गरेको भए पनि वर्षांैदेखि यी बधशालाहरु सुध्रिएका छैनन् । यसअघि पनि पटक–पटक तत्काल सुधार गर्न निर्देशन दिइएको थियो । बधशाला सञ्चालन गर्नेहरुले विभिन्न बहाना बनाउने र अनुगमन गर्ने निकायले निर्देशन दिने तथा फर्किने काम मात्रै भएको देखिएको छ । यस पटक पनि कमेरेमा रहेको बधशालाले एक वर्ष मात्रै जग्गाको सम्झौता बाँकी भएको भन्दै अनुगमन टोलीलाई गुनासो सुनाएको छ । अनुगमन टोली भने सरसफाइको कुरालाई आजैदेखि लागू गर्न र भौतिक संरचनाका कुरा एक हप्ताभित्र सुधार गरेर मापदण्डको दायरामा ल्याउन निर्देशन दिएर फर्किएको छ ।

बधशाला सञ्चालकहरुले प्रशासन र सम्बन्धित निकायहरुको निर्देशन अटेरी गर्दै खुल्ला रुपमा पशु बध गरेर खुल्ला रुपमै ढुवानी गरिरहेका छन् । नियमनकारी निकायले मापदण्डमा ल्याएर कारबाही गर्न सकेको छैन । धादिङबेँसीका अधिकांश मासु पसल पनि मापदण्ड विपरीत नै भेटिएका छन् । बुधबार र बिहीबार मात्रै ४० मासु पसलमा अनुगमन गर्दा दुई/तीनवटा पसलमा मात्रै पूर्ण रुपमा मापदण्ड लागू भएको पाइएको नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक राजेश कोइरालाले बताउनुभयो । “बुधबार १७ र बिहीबार २३ मासु पसलमा अनुगमन गरियो, धादिङबेँसीमा अनुगमन भएका दुई/तीनवटा पसलले मात्रै पूर्ण रुपमा मापदण्ड पूरा गरेको देखिन्छ”, कोइरालाले भन्नुभयो ।

जिल्ला सदरमुकाम धादिङबेँसीको पुछार बजार, बीचबजार, सिरान बजारसहित आसपासमा कति मासु पसल छन् भन्ने तथ्याङ्क यकिन छैन । सिरानबजारको लिला मासु पसलको फ्रिजमा सडेको मासु पाइएको छ । पुछार बजार, माले बगर क्षेत्रका मासु पसल दर्ता बिनै सञ्चालन भएको पनि पाइएको छ । यस पटकलाई सचेतनामूलक बजार अनुमगन भनिएकाले कारबाही नगरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको भनाइ छ । दर्ता नभएका र मापदण्ड पूरा नगरेका सबै पसलहरुलाई लिखित रुपमै सुझाव दिएर तत्काल सुधार गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । अनुगमनमा सरोकारवाला निकायका प्रतिनिधि, प्राविधिक र स्थानीय जनप्रतिनिधि सहभागी हुनुहुन्थ्यो । रासस