३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

हाइअल्टिच्युडबाट सन्देश: जलवायु परिवर्तनका असर बारे गम्भिर बनौं

हाइअल्टिच्युडबाट सन्देश:  जलवायु परिवर्तनका असर बारे गम्भिर बनौं
अ+ अ-

मनाङ । पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना तथा एकीकृत प्रयास आवश्यक रहेको यहाँका विज्ञ तथा खेलाडीले जोड दिएका छन् ।

खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मनाङको उच्च स्थान (हाइअल्टिच्युड) मा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सम्बन्धित क्षेत्रका विज्ञ तथा खेलाडीले पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना जगाउँदै एकीकृत प्रयास गर्नुपर्नेमा जोड दिएका हुन् ।

जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपाल, आन्ट फाउण्डेशन र वाइल्ड एण्ड फ्री फाउण्डेशनको संयुक्त आयोजना, जिल्लाका विभिन्न स्थानीय तहको समन्वय तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा यहाँ मैत्रीपूर्ण खेल सञ्चालन गरिएको हो ।

खेलमा नेपालका ख्याति प्राप्त कलाकार, खेलाडी, मिस नेपाल वल्र्ड २०२३, मिस्टर नेपाल २०२३ लगायतको सहभागिता थियो । यही भदौ २५ देखि २७ गतेसम्म भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा हिमालयन स्नो लेयोपर्ड समूहका साथै मनाङका स्थानीय समूह कजिनसरा याक, पिसाङ याक र मनाङ याकको सहभागिता रहेको आयोजकले जनाएको छ । तिमाङ, पिसाङ र मनाङ मुङ्जीमा खेल भएको थियो ।

समुद्री सतहबाट दुई हजार आठ सयदेखि तीन हजार पाँच सय मिटरसम्मको उचाइमा रहेको खेलमैदानमा खेल भएको थियो । तिमाङमा आयोजित खेलमा हिमालयन स्नो लेयोपर्ड समूह र कजिनसरा याक बीच भएको थियो । उक्त खेलमा हिमालयन स्नो लियापर्ड ४–३ गोलसहित विजयी भएको थियो । त्यस्तै पिसाङमा आयोजित दोस्रो खेल पिसाङ याक र हिमालयन स्नो लियोपर्ड बीच भएको थियो । हिमालयन स्नो लियोपर्ड ३–१ गोलसहित विजयी भएको थियो ।

मुङ्जी भ्राकामा हिमालयन स्नो लियोपर्ड र मनाङ याकबीचको तेस्रो तथा अन्तिम खेलमा २–१ गोल सहित हिमालयन स्नो लियोपर्ड विजयी भएको थियो । मैत्रीपूर्ण भएका तीन वटै खेलमा लियोपर्डले जित निकालेको छ ।

लियोपर्ड समूहमा नेपाली फुटबल टिमका पूर्व कप्तान हरि खड्का, अनिल गुरुङ, पूर्व किपर उपेन्द्रमान सिंह र नविन न्यौपाने, राष्ट्रिय महिला फुटबल टीमका पूर्व कप्तान निरु थापा, अस्मिता रणपाल, तेक्याण्दो खेलाडी सिता तामाङ, मिस नेपाल वल्र्ड श्रीच्छा प्रधान, कलाकार तथा आन्ट फाउण्डेशनका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकार, अमेरिकाको वाइल्ड एण्ड फ्रि फाण्डेशसनका संस्थापक म्याट ब्राकेन, नामिवियाको फुल सर्कल स्डडीज एण्ड सफारीका संस्थापक डा जेफ मोन्टिप्रिङ, कलाकारहरु त्रिचु राई, नरेन खड्का, गायक तथा संगीतकार जेम्स प्रधान, मिस्टर नेपाल समर्पण कार्की, मिस्टर नेपाल रनर अपनिमेश कपाली तथा प्रिस्का उदास थिए ।

स्थानीय समूहतर्फ काजिनसरा, पिसाङ र मनाङ याकका खेलाडीले खेल खेलका थिए । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङमा आयोजित प्रतियोगिता यस क्षेत्रका साथै नेपालकै पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताउनुभयो । पर्यटनसँगै विश्वमा भएको जलवायु परिवर्तनको असर नेपालमा पर्न थालिसकेकाले यसका विषयमा स्थानीयवासीलाई सुसूचित गर्न प्रतियोगिताले सहयोग पुगेको उहाँले बताउनुभयो ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले मनाङ पर्यटनको लागि अथाह सम्भावना भएको स्थान भएको बताउँदै यस प्रकारका खेलले मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्ने बताउनुभयो । उहाँले जलवायु परितर्वनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावलाई सुसूचित गर्दैै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।

हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा र याकको संरक्षण, पर्यापर्यटनको प्रचार तथा प्रवर्द्धन, जलवायु परिवर्तन सम्बन्धित जनचेतना अभिवृद्धिलगायतका उद्देश्यसहित मैत्रीपूर्ण खेल सञ्चालन गरिएको आयोजक बायोकोसका निर्देशक पारसविक्रम सिंहले जानकारी दिनुभयो ।

आन्ट फाउण्डेशनका संस्थापक अध्यक्ष ताम्राकारले लोपोन्मुख हिउँ चितुवा, जङ्गली याकलगायत वन्यजन्तुको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्दै खेल पर्यटनरपर्यापर्यटनको प्रवर्द्धनका लागि कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको बताउनुभयो ।

अमेरिकाको वाइल्ड एण्ड फ्रिफाण्डेशसनका संस्थापक ब्राकेनले जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि तथा पर्यापर्यटनको लागि भएको खेलमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्नुभयो । नेपालमा खेल तथा पर्यापर्यटनको अथाह सम्भावना रहेको उहाँको भनाइ थियो ।

खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्लास्थित पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा लोपोन्मुख प्रजातिका करिब १२ देखि १५ वटा हिउँ चितुवा छन् ।

हिउँ चितुवाको मुख्य आहारका रुपमा रहेको नाउर लोप हुँदै जाने क्रम बढेकाले हिउँ चितुवाले घरपालुवा पशुलाई आक्रमण गर्ने गरेको गुरुङले बताउनुभयो । हिउँ चितुवा र जङ्गली याक संरक्षणका लागि नाउरको संरक्षण आवश्यक रहेको विज्ञहरुको भनाइ थियो ।

नवीन लामिछाने/रासस