४ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण महिला फुटबलः एपिएफ विजयी क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुप्रतिक्षित फिल्म ‘सालार’को रिलिज पोस्टपोन्ड



अ+ अ-

एजेन्सी । फ्यानहरू लामो समयदेखि प्रभास स्टारर फिल्म ‘सालार: द सिजफायर’ को प्रतिक्षामा थिए । यसअघि यो फिल्म २८ सेप्टेम्बरमा रिलिज हुने तय भएपनि अहिले स्थगित गरिएको छ ।

बुधबार फिल्मका निर्माताले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै रिलिज ढिलो हुनुको कारण पनि बताए । तर, हालसम्म नयाँ रिलिज मितिको बारेमा निर्माताहरूबाट कुनै नयाँ अपडेट आएको छैन ।

चलचित्र निर्माण कम्पनी होम्बल फिल्म्सले आधिकारिक विज्ञप्ति जारी गरेको छ । उसले लेखेको छ, ‘सालारलाई यति धेरै माया र समर्थन दिनु भएकोमा धन्यवाद । विभिन्न कारणले सेप्टेम्बर २८ मा फिल्म रिलिज गर्दैनौं । हामीले यो निर्णय सावधानीपूर्वक लिएका छौं, किनकि हामी तपाईंलाई सिनेमाको विशेष अनुभव दिन चाहन्छौं ।’

यसैबीच, प्रभासका फ्यानका लागि हालै अर्को खुसीको खबर आएको छ । साउथ फिल्ममेकर विष्णु मान्चुले प्रभास आफ्नो फिल्म कनप्पाको हिस्सा बन्ने पक्का गरेका छन् । विष्णु मञ्चुले यो घोषणा गरेपछि यो फिल्ममा प्रभासले भगवान शिवको भूमिका निर्वाह गर्ने बताइएको छ ।

तर, अहिलेसम्म प्रभासको क्यारेक्टरको बारेमा निर्माताले कुनै अपडेट दिएको छैन । यस फिल्ममा प्रभासका अलावा कृति सेननकी बहिनी नुपुर सेनन पनि मुख्य भूमिकामा देखिनेछिन् ।

सालार बाहेक प्रभास चाँडै ‘कल्की २८९८’ मा देखिनेछन् । यस फिल्ममा प्रभासका अलावा दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा देखिनेछन् । फिल्म अर्को वर्ष जनवरी १२ मा रिलिज हुनेछ ।