२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेम्वाङका दुवै छोरा विदेशबाट आइपुगे, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर



अ+ अ-

काठमाडौँ । हृदयाघातबाट निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङका दुवै छोरा विदेशबाट नेपाल आइपुगेका छन् ।

एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको उहाँको पार्थिव शरीरमा दुवै छोराले अन्तिम श्रद्धाञ्जली दिएपछि अहिले उहाँको पार्थिव शरीरलाई बालुवाटारस्थित निवास लगिएको छ ।

सोमबार राति निधन भएका उहाँको पार्थिव शरीर मंगलबारदेखि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो।

नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। सुहाङ एक महिनाका लागि अष्ट्रेलिया गएको बताइएको छ ।

अब निवासमा लिम्बु परम्पराअनुसारको विधि गरिने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो ।

नेम्वाङको भोलि ११ बजे हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताउनुभयो ।

सरकारले नेम्वाङको निधनमा भोलि शोक विदा घोषणा गरेको छ। साथै सरकारले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।