५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ: ओली

सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ: ओली
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले काँग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताउनुभएको हो ।

आतंकारीहरुलाई, असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानूनी क्रियाकलापमा साथ दिन्न भनेर डिएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरुलाई सरकारले किन पक्राउ नगरेको ? भनि प्रश्न समेत गर्नुभयो । पार्टी केन्द्रिय कार्यालय च्यासलमा तेजावबिरुद्ध आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने एक हप्ता अघि नै खुकुरी हान्छु भन्नेलाई सरकारले नियन्त्रणमा नलिँदा काँग्रेस नेतामाथि खुकुरी प्रहार भएको भन्दै त्यस्ता कुरालाई बेलैमा नियन्त्रण नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो । काट्छु, मार्छु भनेर समाजमा विद्वेष फैल्याउनेहरुलाई पनि नियन्त्रणमा नलिएर सरकारले तमासा देखाइरहेको ओलीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘ताप्लेजुङ जिल्ला डिएसपी राजन लिम्बू भन्ने मान्छे रहेछन् । केही आतंककारीहरुले उनको पनि हत्या गर्ने, उनको परिवारको पनि हत्या गर्ने आदि इत्यादि भनेर धम्क्याएर अनेका खालको एसएमएस पठाउने देखि लिएर के–के गरेका छन भनेर म अघि सुन्दै थिएँ । किनभने ती डिएसपी उनीहरुको साम्प्रदायिक विद्वेष, घृणाको, समाजमा हिंसा फैलाउने, त्रास फैल्याउने, समाज बिथोल्ने कुरामा सहभागी भएनन् । त्यस कुरामा असहमति रह्यो उनको । र, उनले डिएसपीको हैसियतले शान्ति सुरक्षा कायम गर्ने कर्तव्य पालना गर्छु भने । आतंकारीहरुलाई असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानुनी क्रियाकलापमा साथ दिन्न भने । साथ दिन सक्दिन भनेर समाजमा शान्ति सुव्यवस्था, एकताको पक्षमा कुरा गरे ।

त्यो कुरा सहन नसकेर तिमीलाई त मार्छौं नै । तिमीलाई मात्रै होइन, तिम्रा बालबच्चा, घर परिवार सबलाई पनि मार्छौं आदिइत्यादि भन्ने यो आतंकवाद बाहेक केही पनि होइन । यो आतंककारी क्रियाकलाप बाहेक केही पनि होइन । मैले आजको सन्दर्भमा फेरी यी कुराहरु किन उठाऊ ? भन्ने लागि राखेको पनि हो । तर, सरकारले आफैँले यस्ता कुराहरुलाई प्रोत्साहित गरिराखेको छ । बढाई राखेको छ । मार्छु भनिराखेको छ, सपरिवार मार्छु भनिराखेको छ ।

त्यस्ता मान्छेहरुलाई नियन्त्रणमा लिन्न । अस्ती यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त । पहिले नै, २/४ दिन अगाडि नै खुकुरी हान्छु भनेको थियो । लात्ति हान्छु भनेर खुट्टा उचालेकै थियो । अनेक गरेको थियो त ऊसले । मान्छेहरुको नाम लिएको थियो । मान्छेहरुको नाम लिइलिइकन काट्छु भन्दाखेरी सरकार कानमा तेल हालेर बसेको थियो । त्यो प्रवृत्ति उचित होइन । सामाजिक एकता, सामाजिक सद्भावमा आधारित एकता राष्ट्रिय एकता बनाउनुपर्ने हुन्छ ।’

अध्यक्ष ओलीले जघन्य अपराध गरेकाहरुलाई उन्मुक्ति नदिन आफू नेतृत्वको सरकारले तेजाव आक्रमणविरुद्ध कडा कानून निर्माण गर्नुपरेको बताउनु भयो । उहाँले तेजाव आक्रमण बिरुद्ध जागरण अभियान सञ्चालन गर्ने र हिंसा बिरुद्धको अभियानमा साथ दिन सञ्चारकर्मीहरुलाई पनि पटकपटक आग्रह गर्नुभयो । नेपालमा जातको नाममा, भाषाको नाममा, सम्प्रदायका नाममा, विभिन्न आस्थाका नाममा अनेक ढंगले द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसो हुन नदिने गरी जनचेतना फैल्याउने काममा सञ्चारमाध्यामहरु लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सञ्चार माध्यमहरुलाई पनि म आग्रह गर्न चाहन्छु–कि तपाईहरुले बोलाईको बीचबाट कुनै राजनीतिक कुरा च्वास्स निकालेर प्रचार गर्न भन्दा यो सामाजिक जागरण अभियानलाई साथ दिन म आग्रह गर्न चाहन्छु । सामाजिक जागरण, हिंसाबिरुद्धको अभियान, हामी नेपाली–नेपाली बीचमा जातको नाउमा, भाषाको नाउमा, सम्प्रदायका नाउमा, विभिन्न आस्थाका नाउमा अनेक ढंगले नेपालमा द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको छ । फिजाउन खोजिएको छ । यस्ता कुराहरुमा तपाईहरु सजग हुनुहोस् । कुटनीतिज्ञहरु कुटनीतिक मर्यादा नाघेर विभिन्न ठाउँमा विभिन्न प्रकारका भेटघाट, ती भेटघाटका पछाडि के छ ? राम्रो कुरा भएको भए बाहिरी कुरा हुन्थ्यो होला । भित्र भेटघाट भइराख्या छ । यस्ता कुराहरुबाट हाम्रो मित्रहरुले पुनर्विचार गर्नुपर्छ भन्ने म ठान्छु । र, सरकारले यस्ता कुराहरुमा विना मोलाहिजा कुरा गर्नुपर्छ जोकोहीसँग पनि ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले सामाजिक जागरणको क्षेत्रमा महत्वपूर्ण काम गरेको दावी गर्दै त्यसलाई निरन्तरता दिन सरकारलाई दबाब समेत दिनुभयो ।