७ भाद्र २०८३, आईतवार
,
Latest
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोकोभिचले जिते युएस ओपन २०२३ को उपाधि



अ+ अ-

एजेन्सी । सर्बियाका नोभाक जोकोभिचले युएस ओपन २०२३ को उपाधि जितेका छन् । फाइनलमा उनले रुसका डेनिल मेदभेदेवलाई हराए ।

जोकोभिचको यो २४औँ ग्राण्डस्लाम र चौथो अमेरिकी पुरुष एकल उपाधि हो । उनले ग्रान्डस्लाम जित्ने सन्दर्भमा मार्गरेट कोर्टसँग बराबरी गरे ।

न्यूयोर्कको मार्गरेट कोर्टमा भएको फाइनलमा जोकोभिकले डेनिल मेदभेदेवलाई कठिन खेलमा ६–३, ७–६, ६–३ को सेटमा हराए । ३६ वर्षीय जोकोभिचले पहिलो सेट ६–३ ले सहजै जितेका थिए । मेदभेदेवले दोस्रो सेटमा पुनरागमन गर्ने प्रयास गरे तर जोकोभिचले दोस्रो सेट पनि ७–६ ले जिते ।

तेस्रो सेटमा ६–३ को सहज जित निकाल्दै उनले कीर्तिमानी २४औं ग्रान्डस्लाम उपाधि जिते । जोकोभिचले २०२१ मा यूएस ओपनको फाइनलमा मेदभेदेवसँगै हार बेहोरेका थिए ।

जोकोभिचको यो चौथो यूएस ओपन उपाधि हो । उनले यसअघि सन् २०११, २०१५ र २०१८ मा युएस ओपनको उपाधि जितेका थिए । कीर्तिमान ३६ औं पटक ग्रान्ड स्लामको फाइनलमा पुगेका जोकोभिचले २४ उपाधि जितेका छन् ।