२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपमा भारत र पाकिस्तान भिड्दै, पानी परेर खेल रोकिए भोलिलाई ‘रिजर्भ डे’



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेट अन्गर्तत सुपर फोरमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ ।

दुई चीरप्रतिद्वन्द्वीबीचको खेल कोलम्बोस्थित आर प्रेमदाशा मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । आज पनि यहाँको मौसममा बदली भई वर्षा हुने सम्भावना अधिक छ ।

यसै कारण यदि वर्षाका कारण खेल हुन नसकेमा भोलिका लागि ‘रिजर्भ डे’ राखिएको छ । रिजर्भ डेमा पनि नतिजा नआएमा दुवै टोलीले एक–एक अंकमा चित्त बुझाउनुपर्नेछ ।

विशेष कुरा के छ भने सुपर फोरको यही खेलमा मात्रै रिजर्भ डे राखिएको छ । साथै, फाइनल खेलमा पनि रिजर्भ डे हुनेछ ।

पाकिस्तानले सुपर फोर अन्तर्गत पहिलो खेलमा बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो । भारत भने सुपर फोर पहिलो पटक खेल्दैछ ।

समूह चरण अन्तर्गतको खेलमा यी दुईबीच विजेताको टुंगो लाग्न सकेन । वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंकमा चित्त बुझाएका थिए ।

सुपर फोरमा पाकिस्तान, श्रीलंका, भारत र बंगलादेश रहेका छन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । लगातार दुई खेलमा पराजित बंगलादेश प्रतियोगिताबाट लगभग बाहिरिएको छ भने नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।