५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरानो कुचो फ्याँक्दा ध्यान दिनुहोस यी कुराहरु



अ+ अ-

एजेन्सी । प्रायः महिलाहरूले अनजानमा पुरानो झाडु (कुचो)लाई अनुपयुक्त ठाउँमा फाल्ने गरेको देखिन्छ । यसका साथै अनुपयुक्त दिनमा पनि घरबाट झाडु निकालिन्छ । यसो गर्नाले घरमा वास्तु दोष उत्पन्न हुन्छ ।

वास्तु दोषका कारण व्यक्तिले जीवनमा धेरै कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ । यसले घरको आर्थिक अवस्थामा पनि नराम्रो असर गर्छ । वास्तुशास्त्रमा झाडूका लागि धेरै नियमहरू दिइएको छ । यी नियमहरूको पालना गर्नाले घरमा सुख, समृद्धि र शान्ति कायम रहन्छ ।

वास्तुशास्त्रका अनुसार गल्तीले पनि घरमा पुरानो कुचो नराख्नुहोस् । तोकिएको मितिमा घरबाट बाहिर फाल्नुहोस् । पुरानो झाडू राख्नाले घरमा नकारात्मक उर्जा उत्पन्न हुन्छ । यसले घरको आर्थिक अवस्थालाई नराम्रो असर गर्छ । यससँगै पारिवारिक कलहको स्थिति बढ्छ । सामान्य दिनमा पुरानो झाडुलाई घरबाट पटक्कै नहटाउनुहोस् ।

झाडू पुरानो भइसकेको छ भने घरको उपयुक्त ठाउँमा लुकाउनुहोस् । यसपछि उपयुक्त दिनमा झाडूलाई घरबाट बाहिर निकाल्नुहोस् । यस समयमा कसैको नजर झाडूमा नपरोस् । पुरानो झाडू निकाल्दा यी नियम पालना गरेमा धनधान्यकी देवी लक्ष्मीको विशेष आशीर्वाद प्राप्त हुनेछ । यसका साथै घरमा सुख–समृद्धि आउँछ ।

यदि घरको कुनै व्यक्ति विशेष कामको लागि बाहिर निस्कन्छ भने त्यो समयमा भूलले पनि कुचो लगाउनु हुँदैन । यसो गर्दा कुनै विशेष काममा सफलता मिल्दैन ।

वास्तु विज्ञहरुका अनुसार गल्तीले पनि भाँचिएको झाडूको प्रयोग नगर्नुहोस् । यसो गर्नाले घरको आर्थिक अवस्था नाजुक हुन्छ । भाँचिएको झाडूलाई घरमा लुकाएर उपयुक्त दिनमा घरबाट निकाल्नुहोस् ।

कुचोलाई कुल्चिनु हुँदैन । यो वास्तु दोष देखिन्छ । वास्तु दोषको कारणले मानिसको जीवनमा प्रतिकूल प्रभाव पर्छ । यदि अन्जानमा कुचोमा खुट्टाले कुल्चिँदा जतिसक्दो चाँडो निहुरिएर माफी माग्नुहोस् ।

नयाँ कुचो कहिले किन्ने ?
वास्तुशास्त्रका अनुसार कृष्ण पक्षको हरेक शुक्रबार कुचो किन्नु शुभ मानिन्छ ।

पुरानो झाडू कहिले हटाउने ?
ज्योतिषशास्त्रका अनुसार शनिबार र औंशीका दिन झाडू लगाउनु शुभ मानिन्छ । औंशी, होलिका दहन र शनिबारको दिन पुरानो कुचोलाई घरबाट निकाल्दा घरमा रहेको नकारात्मक शक्ति पनि हट्छ ।

यसका साथै घरमा सकारात्मक उर्जाको सञ्चार हुन्छ । गल्तीले पनि पुरानो झाडूलाई नाली वा रुखको छेउमा नफाल्नुहोस् । साथै पुरानो कुचो जलाउनु पनि शुभ मानिँदैन । उपयुक्त ठाउँ देखेपछि कुचो फाल्ने गर्नुपर्छ । यी उपाय गर्नाले धनकी देवी लक्ष्मीको विशेष आशीर्वादको वर्षा हुन्छ ।