१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

राधाकृष्ण रथयात्रा सुरु

राधाकृष्ण रथयात्रा सुरु
अ अ+ अ-

मोरङ । विराटनगरमा आज ५५औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट आज अपराह्न ४:०० बजे पूजाअर्चना गरेपछि रथयात्रा निकालिएको हो ।

मोरङ, सुनसरी, झापाका साथै सीमावर्ती भारतबाट लाखौँ श्रद्धालुको उपस्थितिसहित रथयात्राले मेनरोड, ट्राफिक चोक, रोडशेष, महेन्द्र चोक, धरान रोड र बरगाछी हुँदै नौ किलोमिटरको दूरी तय गरेको राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यात्राका क्रममा ४३ स्थानमा विश्राम गर्दै पुन: मन्दिर परिसरमा पुग्न करिब पाँच घण्टा लाग्ने छ ।

“श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने उक्त रथयात्रा विसं २०२५ देखि सुरु भएको हो । रथयात्रा अघि खटयात्रा निकालिने गरिएको थियो । खटयात्रा विसं १९८८ देखि सुरु गरिएको थियो”, अध्यक्ष रेग्मीले भन्नुभयो । उहाँका अनुसार विराटनगरमा निकालिने रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिएको छ ।

भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रापछिको दोस्रो ठूलो विराटनगरको रथयात्रालाई मान्ने गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो । रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत लाखौँ भक्तजन आउने गरेका उहाँले बताउनुभयो । रथयात्रा सम्पन्न गर्नका लागि १८ उपसमिति निर्माण गरिएको छ ।

यसैबीच रथयात्राका अवसरमा विभिन्न शङ्कास्पद गतिविधिमा संलग्न ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका ३० पुरूष र आठ महिला (छ जना नेपाली, ३२ जना भारतीय) गरी जम्मा ३८ लाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । रासस