३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भुलेर पनि यी तस्बिरहरु आफ्नो मोबाइलको ‘वालपेपर’ नराख्नुस्

भुलेर पनि यी तस्बिरहरु आफ्नो मोबाइलको ‘वालपेपर’ नराख्नुस्
अ+ अ-

एजेन्सी । आधुनिक समयमा, मोबाइल र इन्टरनेटबिना जीवन चल्न कठिन छ । आजको समयमा बिरलै कोही मानिस मोबाइलबिना रहन सक्छ । खासगरी युवामा मोबाइलको क्रेज बढी छ । मानिसहरू आफ्नो मनपर्ने वालपेपरहरूलाई आफ्नो मोबाइलमा राख्छन् ताकि त्यसबाट स्टाइलिश लुक देखियोस् ।

तर, वास्तुशास्त्रमा मोबाइल वालपेपरमा धेरै तस्बिरहरू राख्न निषेध गरिएको छ । यसलाई बेवास्ता गर्दा वास्तु दोष उत्पन्न हुन्छ । साथसाथै दिमाग र मस्तिष्कमा नकारात्मकता बढ्छ ।

फोनको वालपेपरमा भगवानको तस्बिर प्रयोग नगर्नुहोस् । यसले भगवानको अपमान गर्छ । जब तपाईं आफ्नो मोबाइल फोन बाथरूममा लैजानुहुन्छ वा फोहोर हातले मोबाइल छुनुहुन्छ त्यसबाट भगवानप्रति अपमान हुन्छ । धेरैले बाथरुम वा शौचालयमा पनि मोबाइल प्रयोग गर्छन् । त्यसैले गल्तिले पनि देवताको तस्बिर प्रयोग नगर्नुहोस् ।

कतिपयलाई आफ्नो फोनको वालपेपरमा पितृको तस्बिर राख्ने बानी हुन्छ । वास्तुशास्त्रका विज्ञहरू भन्छन्, फोहोर हातले मोबाइल चलाउँदा आफ्ना पितृको तस्बिर छोइन्छ । यसले पितृहरूलाई दुःखी बनाउँछ । साथसाथै आफ्नो पुर्खाको तस्विर बारम्बार देखेर दुखी र निराश बनाउँछ । यसका लागि फोनको वालपेपरमा पितृहरूको तस्बिर प्रयोग नगर्नुहोस् ।

आफ्नो फोनको वालपेपरमा सुख्खा रूख र काँडे झाडीका तस्बिरहरू प्रयोग नगर्नुहोस् । जसका कारण दिमाग र मस्तिष्कमा नकारात्मक उर्जा फैलिन्छ । यस्तो अवस्थामा कसैसँग कुरा गर्न पनि मन लाग्दैन ।

धेरैले आफ्नो फोनको वालपेपरमा आगोको तस्विर राख्छन् । आगलागी वा हुरीको तस्बिर घरमा पनि राख्नु हुँदैन। यसले घरमा वास्तु दोष उत्पन्न हुन्छ । त्यसैगरी मोबाइलमा यस्तो तस्बिर राख्नाले मन र मस्तिष्कमा नकारात्मक ऊर्जा फैलिन्छ ।