२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उडिसामा ‘बिसे नगर्ची’ मञ्चन गर्न दर्शना स्कुलका विद्यार्थी भारत प्रस्थान



अ+ अ-

काठमाण्डौ । भारतको उडिसा, पुरीमा आयोजना हुन लागेको ‘३१ औं अन्तर्राष्ट्रिय नाटक, नृत्य र संगित प्रतियोगिता’ मा भाग लिन कागेश्वरी मनोहरा—९ स्थित ओमगुञ्ज टोल, गोठाटारको दर्शना स्कुलका १० जना विद्यार्थी भारत प्रस्थान गरेका छन् ।

अन्तर्राष्टिय रंगमञ्च पर्वको अवसर पारेर इण्डिया थियटर ओलम्पियाड मातहत रहेको उत्कल युवा सांस्कृतिक संघको आयोजनामा भोलि भदौ २२ देखि २४ गते (सेप्टेम्बर ८ देखि १०) सम्म अल इण्डिया नाटक, नृत्य र संगित प्रतियोगिता हुन लागेको हो ।

भारतका विभिन्न राज्यका विद्यार्थीहरुले भाग लिन लागेको सो प्रतियोगितामा नेपालबाट भने दर्शना स्कुलका विद्यार्थीले पहिलोपटक भाग लिन लागेको विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले बताए ।

भारतीय नाटक, नृत्य र संगित प्रतियोगिता नेपाली विद्यार्थीले नाटक मञ्चन गर्न लागेको संभवत: यो नै पहिलो अवसर हो ।

प्रतियोगितामा दर्शना स्कुलका विद्यार्थीले साहित्यकार भिमनिधि तिवारीद्वारा लिखित तथा सुरेन्द्र क्षेत्री निर्देशित नेपालको चर्चित नाटक ‘बिसे नगर्ची’ मञ्चन गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

विद्यालयका कार्यक्रम निर्देशक सुर्दशन सिंहको नेतृत्वमा भारततर्फ प्रस्थान गरेका १० जना नाट्यकर्मी विद्यार्थीहरुमा सम्पदा सिंह रिमाल, विश्वास ज्वाला उलक, रोशनी खड्का, आरुशि श्रेष्ठ, आभाष दाहाल, सुदिप माझि, सागर पौडेल, रिद्धि पौडेल, निकेश पौडेल, प्रकाश कार्की छन् ।

टोलीमा विद्यालयका प्राथमिक विद्यालय संयोजक प्रतिमा डल्लाकोटी, नाट्य गुरु सुरेन्द्र कटुवाल तथा अभिभावकद्वय प्रेम प्रसाद चौलागाई र लक्ष्मी चौलागाई पनि सहभागी छन् ।
अन्तर्राष्ट्रिय रंगमञ्च पर्वमा सहभागी भएर ती विद्यार्थीहरु अर्काे साता नेपाल फर्किने कार्यक्रम रहेको छ ।