१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

यादवमाथिको हमलामा सरकारको हात छ : सांसद डा शर्मा

यादवमाथिको हमलामा सरकारको हात छ : सांसद डा शर्मा
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाडौँमा धारिलो हतियार प्रयोग गरी भएको सांघातिक हमलामा सरकारको हात रहेको आरोप लागेको छ ।

सत्तारुढ दल नेपाली काग्रेसका सांसद डा सुनिल शर्माले काग्रेसका सह–महामन्त्री यादवमाथि आज भएको हमलामा सरकारको हात रहेको आरोप लगाउनु भएको हो । सह–महामन्त्री यादवमाथि भएको हमलाका विषयमा प्रहरीले अनुसन्धान तथा छानविन गरिरहेका बेला सांसद शर्माले उक्त आरोप लगाउनु भएको छ ।

सरकारमै सहभागी रहेको दल नेपाली कांग्रेसका सांसद शर्माले माओवादी नेतृत्वमा सरकार गठन भएदेखि सबैभन्दा बढी दु:ख काग्रेसकै नेताहरुले पाएको आरोप समेत लगाउनुभयो । उहाँले न्युजपोलारसंग भन्नुभयो, ‘खुकुरी कल्ले कल्ले हान्न लगायो डिजाइन के हो त्यो विषयमा यो सरकारले अहिलेको गृहमन्त्रीले पत्ता लगाएर जनतामाझ खुलस्त राख्न सक्नु पर्छ ।’

यो पनि पढ्नुहोस –सापकोटाले साक्षात्कारमा सुनिरहे बाहिर निस्केर खुकुरी हाने

अहिलेको समयमा सरकार जनता कोही पनि सुरक्षित नभएको भन्दै डा शर्माले आक्रोस समेत व्यक्त गर्नुभयो । आजको घटना गम्भीर भएको र तत्काल हाम्रो पार्टी सभापति (देउवा) ले गृहमन्त्रीलाई बोलाएर घटनाका विषयमा चेतावनी दिनुपर्छ । उहाँले भन्नुभयो, ‘राज्य मृत अवस्थामा रहेको जस्तै छ, सुरक्षा दिन नसक्नेले सरकारमा बस्ने की नबस्ने भन्ने अर्को प्रश्न हो ।’

यसैगरी सांसद डा शर्माले पछिल्लो समयमा भइरहेका गतिबिधिका कारण सरकार चाँडै ढल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार ढली हाल्छ, दशै अगाडी पछाडी मात्रै हो । हामी ढाल्नेमै लागेका छौँ, ढल्ने कुरामा चिन्ता नगर्नुस्, दुई चार दिन तलमाथि मात्रै हो ।’ सह–महामन्त्री यादवमाथि आजको घटनामा सरकारका केही मान्छे पनि सामेल रहेका र अनुसन्धान हुनु पर्ने उहाँले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘माओबादीमा बसेका केही साथीहरु (सबैलाई नभनौँ) सत्ताको उन्माद चढेको र प्रहरी प्रशासन प्रयोग गरेर त्यसले पनि नपुगेर केही भिजिलान्ते प्रयोग गरेर अस्ति मलाई पनि कालोमोसो लगाउने आह्वान गर्नु भएको थियो, यो त्यस्तै प्रकृतिको घटना हो ।’ आजको घटना ग्रान्ड डिजाइन भएको र कांग्रेसलाई कमजोर बनाउन खोजिएको उहाँको भनाई थियो । जनता नेता प्रति असन्तुष्टि छ भने पनि जानी जानी कांग्रेसकै नेतालाई हमला गर्नु ग्रान्ड डिजाइन (सुनियोजित षडयन्त्र) हो ।