५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नासाको स्पेस एक्स क्रु सिक्स पृथ्वीमा फर्कियो



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले सोमवार बिहान दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटमा रहेको स्पेएक्स ड्रागन अन्तरिक्ष यानमा सवार स्पेसएक्स क्रु ६ अन्तरिक्ष यात्रीहरुसहित सुरक्षित अवतरण भएको छ ।

नासाका अन्तरिक्षयात्री स्टिफन बोवेन र वुडी होवर्ग, युएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रोस्कोमोस (रुसको राज्य अन्तरिक्ष निगम) अन्तरिक्ष यात्री एण्ड्रे फेडियाएभ सहितको चार सदस्यीय टोली सुरक्षित पृथ्वी फर्किएको हो ।

अन्तरिक्षयानलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आएसएस) बाट आईतवार पूर्वी समय (११०५ आईतवार जिएमटी) बिहान ७ बजेर ५ मिनेट जाँदा पृथ्वीमा अवतरण गरेको हो । यो मिसन मार्च २ मा फ्लोरिडाको नासाको केनेडी सेन्टरबाट प्रक्षेपण गरिएको थियो ।