नेदरल्याण्ड्स । आगामी कार्यकाल २०२१-२३ का लागि गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको अप्रिल २९ तारिख बसेको १२ औँ बैठकले अधिवेशन सम्पन्न गर्नका निम्ती बिभिन्न समितीहरु गठन गरेको छ ।
एनआरएन नेदरल्याण्ड्सका अध्यक्ष श्रीराम कंडेलको अध्यक्षतामा बसेको बैठकले बिशेषत निर्वाचन समितिलाई मध्यनजर गर्दै कार्यसमितिको बैठकमा ठाकुर प्रसाद शर्मा (मनोहरी) र फणिन्द्र पन्तको नाम समितिको सम्योजकमा परेपछि ब्यापक छलफल पस्चात पन्तलाई निर्वाचन समितिको संयोजकमा चयन गरिएको छ । त्यसैगरि सदस्यहरुमा शालिक गौतम, उत्तम कंडेल, उदय नेपाली र बिकास शर्मा रहेका छन ।
भौतिक रुपमा अधिवेशन सम्पन्न गर्न बर्तमान अवस्था अनुकुल नदेखिएकाले सहमति र सहकार्य गर्दै बिभिन्न संघसंस्था ब्याक्ति र समुदायहरुसँग छलफल र समन्वय गर्ने उदेश्यले पुर्व अध्यक्षहरु समेत रहनेगरी समन्वय र सहकार्य भूमिका खेल्न ठाकुर शर्माको सम्योजकत्वमा समन्वय र सहकार्य सहित बार्ता समिति गठन भएको छ । यसमा पूर्व अध्यक्षहरु शशी पौडेल, हरि पौडेल, नारायण आचार्य, कृष्ण राज अधिकारी, हिमाल गुरुङ र बर्तमान अध्यक्ष श्रीराम कंडेल रहेका छन ।
त्यसैगरी बिधान संशोधन समितिमा धनकुमार बोहराको संयोजकत्वमा जितेन्द्र श्रेष्ठ र किरण आर्याल रहेका छन् । निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा द्रोण रिजाल र सदस्यहरु शाबी पौडेल, ध्रुब न्यौपाने लाई चयन गरेको छ ।
त्यसैगरी ब्यबस्थापन समितिमा श्रीराम कंडेलको संयोजकत्वमा हिमाल ओझा, अच्युत कट्टेल, अशोक पराजुली, कुश बजगाई, बर्षा खड्का, हेम कुमार भुजेल, संघर्षशील केसी, खेमलाल सापकोटा, रेशम गुरुङ, ध्रुब न्यौपाने, श्रीधर पाण्डे र राम पोख्रेल सदस्य रहेका छन् ।
खानपिन ब्यबस्थापन उपसमितिमा मिम पुर्जा संयोजक र थानेश्वर कंडेल, खेमलाल सापकोटा सदस्य रहेका छन् । त्यसैगरी अतिथि सत्कार उपसमितिमा राधा शर्मा कंडेल संयोजक र सीता सापकोटा, शाबी पौडेल सदस्य रहेको बिभिन्न समितिहरु समेत गठन गरिएको संघका महासचिब संघर्षशील केसिले जानकारी गराएका छन ।
एक एनसिसि एक प्रोजेक्ट अन्तरगत रामेछाप जिल्लाको दोरम्बा ३ टोकरपुर स्थित कन्ठेश्वर माध्यमिक बिधालयको भौतिक संरचना अन्तर्गत कम्पाउण्ड वाल निर्माणमा सहयोगका निम्ति त्यहाँको बस्तुस्थितिको अवलोकन गरी आवस्यक रहेको खण्डमा र बिधालयले आधा रकम स्थानीय तहबाट संकलन गर्नसक्ने भएमात्र आधा रकम सहयोग गर्ने १२ औं बैठकले निर्णय गरेको थियो । यो बिषयमा छलफल गर्नका निम्ति मई ७ तारिख मंगलबारका दिन आकस्मिक मिटिंग राखिएको महासचिब संघर्षशील केसीले जानकारी गराएका छन् ।
गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको आगामी २०२१-२३ कार्यकालका लागि मार्च २९ देखि पन्चिकृत सदस्यता नवीकरण तथा नयाँ सदस्यता आवेदन खुल्ला गरिसकेको र जुलाई ११ तारिख अधिवेशन गर्ने निर्णय अघिल्लो बैठकले गरिसकेको संघका अध्यक्ष श्रीराम कंडेलले जानकारी गराए ।











