२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै
अ अ+ अ-

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा तोकिए पनि त्यस अवधिमा उहाँले गठबन्धन निर्माण गर्न सक्नु भएन । 

प्रधानमन्त्री नेतन्याहूले बहुमत जुटाउन नसकेसँगै १२ वर्षयता पहिलो पटक नेतन्याहूको दल लिकुड पार्टी सत्ता बाहिर पुग्ने स्थिति सिर्जना भएको छ । 

गत मार्च २३ यता प्रधानमन्त्री नेतन्याहूले संसदमा बहुमत हासिल गर्न सङ्घर्ष गरिरहनु भएको छ । दुई वर्षको अन्तरालमा चौथो पटक सम्पन्न संसदको चुनावबाट पनि कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएको छैन । 

प्रधानमन्त्री नेतन्याहूलाई नयाँ सरकार गठन गरी संसदमा बहुमत सिद्ध गर्न इजरायली राष्ट्रपति रुभेन रिभलिनले चार हप्ताको समयावधि तोक्नु भएको थियो । प्रधानमन्त्री नेतन्याहूले त्यसपछि आफ्ना विपक्षी र साना इस्लामिक अरब पार्टीसँग शृंखलाबद्ध छलफल गरे पनि कुनै सहमति जुट्न सकेको छैन ।

राष्ट्रपति रिभलिनले प्रधानमन्त्री नेतन्याहूलाई दिएको समयसीमा मङ्गलबार मध्यराति समाप्त भएको हो । प्रधानमन्त्रीले बहुमत सिद्ध गर्न नसके राष्ट्रपति रुभेन रिभलिनले नयाँ कदम चाल्नु पर्नेछ । 

बहुमत सिद्ध गर्न नसके पनि नेतन्याहूको प्रधानमन्त्री पद गइहाल्ने छैन । राष्ट्रपति रिभलिनले नेतन्याहूलाई अरु दुई साताको समय दिन सक्नु हुनेछ । अथवा, राष्ट्रपतिले विपक्षीलाई सरकार बनाउन आमन्त्रण गर्न सक्नु हुनेछ र कुनै गठबन्धनमा सहमति नजुटे उहाँले संसदलाई नै निर्णय गर्न पठाउनु हुनेछ । 

राष्ट्रपति रिभलिनले बुधबार संसदमा विपक्षीको रुपमा देखिएका १३ दलका नेतालाई सम्भावित गठबन्धनका बारेमा छलफल गर्न आमन्त्रण गर्नु भएको छ । यी दलका नेतामध्ये कसैले सहमति जुटाउन सके उनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नु हुनेछ । 

राष्ट्रपतिले संसदलाई नै नयाँ प्रधानमन्त्री छनौटका लागि जिम्मा दिएको अवस्थामा संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ । यदि सबै विकल्पहरु असफल भए फेरि संसदको चुनाव हुनेछ ।

गत मार्च २३ मा सम्पन्न चुनावमा नेतन्याहूको लिकुड पार्टी संसदमा सबैभन्दा बढी स्थान जितेर पहिलो दल बनेको थियो । लिकुड पार्टीले १२० सदस्यीय संसदमा ३० स्थान जितेको थियो । तर सरकार गठन गर्न कम्तीमा ६१ स्थान आवश्यक पर्दछ । 

राष्ट्रपति रिभलिनले गत महिना प्रधानमन्त्री नेतन्याहूले संसदमा ५२ जना सांसदको सहमति सहितको हस्ताक्षर प्रस्तुत गरेपछि प्रधानमन्त्रीमा पहिलो अवसर दिनु भएको थियो । 

तर ४५ सांसदको समर्थन प्राप्त गर्नु भएका याईर लापिडलाई अब राष्ट्रपतिले दोस्रो मौका दिने सम्भावना बढेको छ । (रासस–एपी)