२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बिपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार

बिपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्यको उप निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एमाले माधव नेपाल समूहले डा. खिमलाल देवकोटालाई साझा उम्मेदबार बनाउने निर्णय गरेको छ  ।

मंगलबार साँझ काग्रेस सभापति शेरबहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव नेपाल र जसपा नेता उपेन्द्र यादव बीच डा. देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति भएका हो । राष्ट्रियसभा सदस्य एव. गृहमन्त्री रामबहादुर थापाले दल परिवर्तन गरेपछि माओबादी केन्द्रले उहाँको सांसद पद रिक्त गराएको थियो ।

राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेले थापालाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । केही समय बाग्मती प्रदेशको योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका देवकोटाले  विकास अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ भने उहाँ वित्तिय संघीयता व्यवस्थापनका विज्ञरुपमा समेत परिचित हुनुहुन्छ ।

न्यूजपोलारसँग कुरा गर्दै देवकोटाले दलहरुको निर्णयलाई आफूले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिनुभयो । देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भइ कार्य गरेका देवकोटाले प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकारकारुपमा काम गरिसकेका छन्।