एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिडले प्रतिस्पर्धा गर्दैछन् ।
आज मध्यरात ( १२ः४५) बजे हुने खेलमा विजयी टिमले फाइनलमा स्थान बनाउनेछ । पहिलो लेगमा १-१ गोलले बराबरी खेलेका दुबै टिम जित निकालेर उपाधि जित्ने दाउमा मैदानमा उत्रिनेछ ।
खेल चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ । विजयी टिमले इंग्लिस क्लब म्यान्चेस्टर सिटीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । यसअघि नै सिटीले फ्रेञ्च क्लब पिएसजीलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।











