२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

प्रधानमन्त्री ओली अकस्मात किन पुगे देउवा निवास ?

प्रधानमन्त्री ओली अकस्मात किन पुगे देउवा निवास ?
अ अ+ अ-

काठमाडौं । आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेका चार नेता लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिन आगामी २७ गतेको मिति आफैँले तय गरेका छन् । त्यस दिन बस्ने संसदको विशेष अधिवेशनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नदिने निर्णय गर्नेछ । 

यसबीचमा नेपालको राजनीतिक ध्रुवीकरण तीव्र भएको छ । अरु विपक्षी दलका अतिरिक्त नेकपा एमालेले नै आफ्नो दलका प्रधानमन्त्री ओलीलाई मत दिन्छन् कि दिँदैनन् भन्ने विषयमा नै धेरैको चासो बढेको छ । 

त्यसो त संशय किन छैन भने प्रधानमन्त्रीका विरुद्धमा सोही दलका दुई वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले पार्टीभित्रै समानान्तर कमिटी चलाइरहेका छन् । अनि नेपाल स्वयंलाई अध्यक्ष केपी ओलीले छ महिनाका लागि पार्टीबाटै निलम्बन पनि गरेका छन् । 

आजैमात्र पनि माधव नेपाल जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवको घरमा पुगेका थिए । उनी र प्रचण्ड त्यहाँ पुगेर प्रधानमन्त्रीका विरुद्धमा मत हाल्न आग्रह गरेको समाचार स्रोत बताउँछ । 

यसैले यस्तो बेलामा आफ्ना पार्टीका नेताहरु नै लिएर प्रधानमन्त्री ओली प्रमुख विपक्षी दलका नेता देउवाको घरमा पुग्नुको अर्थ के हुनसक्छ ? उनले प्रधानमन्त्रीको कार्यालय हेर्ने उप प्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थ मन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेल र पूर्वसभामुख सुवास नेम्वाङलाई लिएर बूढानीलकण्ठ पुगेका हुन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा कांग्रेसका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी रहेको स्रोतले जानकारी दियो ।

आजै अपरान्ह प्रधानमन्त्री आउने सूचना प्राप्त गरेका देउवा निवासको सचिवालयले यस विषयमा खुल्न चाहेन । बरु त्यस अवसरमा उहाँहरुबीच कोरोनाको नियन्त्रणका बारेमा केही कुराकानी भएको थियो । त्यसपछि २७ गते संसदको बैठक सञ्चालनका लागि स्वास्थ्यका हिसाबले राम्रो प्रबन्ध गरिएको जानकारी प्रधानमन्त्रीले देउवालाई गराएका थिए । 

तर यति नै औपचारिकतामा मात्र सो आकस्मिक भेट सीमित छैन । किनभने दुई दिनमात्र अघि पनि वर्तमान सरकारले माओवादी नेता प्रचण्डका आफन्तलाई अष्टेलियाको राजदूतबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ । 

तर देउवाकी सासु प्रतिभा राणा भने जापानको राजदूतमा छन् । यसअघि पनि प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालको कोटाबाट राजदूत भएकाहरुलाई फिर्ता बोलाइरहँदा प्रतिभालाई थमौती गरिरहेका छन् । 

हिजोमात्रको यो निर्णय, चार दिनअघि देउवाले गरेको पत्रकार सम्मेलनमा पत्रकारले तपाई प्रधानमन्त्री नबन्ने भनी सोधेको प्रश्नमा देउवाले अनिच्छा नै प्रकट गरेर मसँग केको बहुमत छ र प्रधानमन्त्री बन्ने ? भनि दिएको जवाफका साथै संसद विघटनको मुद्धामा पनि देउवाले ओलीको विरोध भन्दा पनि निर्वाचन नै रोजेका विगतका घटनालाई पनि आजको बैठकलाई जोडेर हेर्न सकिने विश्लेषकहरुको दाबी छ ।   

आफ्नै दलका प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि संसदको बैठक आह्वान गरिसकेको अवस्थामा माधव नेपालले उपेन्द्र यादवको घरमा पुग्ने निर्णयसँगै तय भएको बुढानिलकण्ठ भेटको सन्देश पनि यसैभित्र खोज्न सकिने ती विश्लेषकहरुको तर्क छ ।