१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

एसिया कप: बंगलादेशद्वारा अफगानिस्तान ८९ रनले पराजित

एसिया कप: बंगलादेशद्वारा अफगानिस्तान ८९ रनले पराजित
अ अ+ अ-

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानको लाहोरमा गएराति सम्पन्न खेलमा बंगलादेशका दुई खेलाडीको शतक मद्दतले अफगानिस्तानलाई ८९ रनले पराजित गरेको छ ।

यो जितसँगै बंगलादेश, श्रीलंका र अफगानिस्तानबीचको अंक तालिका थप रोमाञ्चक बनेको छ । दोस्रो राउन्डमा छनौट हुने सम्भावना तीनै टिमबीच उस्तै छ । यद्यपि श्रीलंका र बंगलादेशले एक एक खेल जितेर २–२ अंक बटुलेका छन् तर अफगानिस्तानले अब श्रीलंकासँग खेल्न बाँकी छ ।

आइतबारको दिवारात्रि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले मेहदी हसनको ११२ रन तथा नजमुल हुसेन शान्टोको १०४ रनको मद्दतले ३३४ रन बनाएको थियो । बंगलादेशको इनिङमा मोहम्मद नइमले २८, कप्तान शाकिब अल हसनले ३२ तथा मुस्फिकर रहिमले २५ रनको योगदान गरेका थिए ।

जितका लागि ३३५ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले नियमित अन्तरालमा विकेट गुमाएको थियो । दबाबमा परेको अफगानिस्तानले ४४.३ ओभरमा सबै विकेट गुमाएर २४५ रन बनाएको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जाड्रानले सर्वाधिक ७५ रनको योगदान गरेका थिए । त्यस्तै कप्तान हस्मातुल्लाह शाहिदीले ५१, अन्त्यतिर मैदान प्रवेश गरेका रसिद खानले २४ रन बनाएका थिए ।

बंगलादेशका लागि तास्किन अहमदले ४, शोरिफुल इस्लामले ३, हसन महमुद र मेहदी हसनले १–१ विकेट लिएका थिए ।

समूह बी को अंक तालिका

१. श्रीलंका – १ खेल – १ जित – २ अंक
२. बंगलादेश – २ खेल – १ जित १ हार – २ अंक
३. अफगानिस्तान – १ खेल – १ हार – ० अंक

आजको खेल
नेपाल र भारत (समय अपराह्न ३.१५ बजे)
स्थान: श्रीलंका (पालिकेल्ले रंगशाला)