६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

भृकुटीमण्डपमा बृहत् साँस्कृतिक महोत्सव २०८० सम्पन्न

भृकुटीमण्डपमा बृहत् साँस्कृतिक महोत्सव २०८० सम्पन्न
अ+ अ-

काठमाडौँ । स्वीकृति इभेण्ट म्यानेजमेन्टको आयोजनामा भृकुटीमण्डपको खुल्ला चौरमा बृहत् जनचेतनामूलक साँस्कृतिक महोत्सव २०८० सम्पन्न भएको छ।

शनिबार आयोजित महोत्सवको सह आयोजकहरुमा समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष, नेपाल होस्टेल एसोसिएसन केन्द्रिय समिति, नेपाल होस्टेल एसोसिएसन काठमाडौँ, लायन्स क्लब अफ काठमाडौँ भिक्ट्री, राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल काभ्रेपलाञ्चोक जिल्ला समिति, राष्ट्रिय लोक संस्कृति संरक्षण प्रतिष्ठान नेपाल रहेका थिए कार्यक्रममा करिब तीन सय पचास जना चर्चित एवं लोकप्रिय कलाकारहरुको उपस्थिति रहेको थियो भने दर्जनौँ कलाकारको प्रस्तुती रहेको थियो।

भृकुटीमण्डपको खुल्ला चौरमा आयोजित कार्यक्रममा हजारौँ दर्शक भदौरे झरस्को कुनै पर्वाह नगरी झुमिरहेका थिए। स्वीकृति इभेण्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष एवं लोकप्रिय गायक नवीन पौडेलको अध्यक्षमा सञ्चालित कार्यक्रममा मन्त्रिपरिषद्का पूवंअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी प्रमुख अतिथि, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट, संघीय सांसद श्याम घिमिरे, पूर्वमन्त्री सोमप्रसाद पाण्डे, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती, राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष एवं वरिष्ठ गायक प्रजापति पराजुली, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष एवं प्राज्ञ दुर्गा रायमाझी, लुम्बिनी तन्दुरी व्यवसायी संघका अध्यक्ष रामप्रसाद पोखरेल, नेपाल होस्टेल एसोसिएसन केन्द्रिय अध्यक्ष अरुण पराजुली, नेपाल होस्टेल एसोसियसन काठमाडौँका अध्यक्ष भोजिन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो । त्यसैगरी वरिष्ठ गायक नवीन ढुङ्गेल, वरिष्ठ गायक प्रेमराजा महत, पूर्वसचिव हरि बस्याल, काठमाडौँका सहायक प्रजिअ खड्गप्रसाद श्रेष्ठ, गरिमा बिकास बैंकका सिइओ गोविन्द ढकाल बिशिस्ट अतिगि रहनु भएको थियो।

त्यसैगरि नेपाल टेलिकमका केशव भट्टराई, राष्ट्रिय वाणिज्य बैंकका मार्केटिङ प्रमुख अच्युत गौतम, ग्रीनसिटी हस्पिटलका सञ्चालक लोकबहादुर टन्डन, कान्तिपुर डेन्टल कलेजका सञ्चालक बुद्दिमान श्रेष्ठ, वे अफ लिभिङका कार्यक्रम कोअर्डिनेटर भीम कुँवर, भृकुटीमण्डप सञ्चालन कार्यलय प्रमुख दुर्गा भट्टराई, राष्ट्रिय स्वास्थ्य कोषकी निर्देशक सुनिता भण्डारी, नमस्ते दोहोरीका सञ्चालक राजकुमार त्रिपाठीलगायत अतिथिहरुको उपस्थिति रहेको थियो।

सो अवसरमा करिब दुई सय जना आँखाका बिरामीलाई तिलगंगा आँखा अस्पतालका डाक्टरहरुबाट निःशुल्करुपमा आँखा परीक्षण र ब्लड डोनेशन कार्यक्रम अन्तर्गत पचास पिन्ट रगत संकलन गरिएको थियो। विभिन्न झाँकीसहित प्रस्तुत भएको कार्यक्रममा सञ्जय डिम्पल, प्रकाश गौतम, गीता भट्टराई, लीला कुँवर, हेम श्रेष्ठ, लक्ष्मी परियार, सन्तोश पन्त, राजेन्द्र दुधराज, राजेन्द्र गिरी गुन्द्रुके, निशा खड्का, अमृत थापा, ढुन्डिराज ढकाल, सुशिला डाँगी, मीना गिरी, ध्रुव ओलीलगायतले लागू औषध दुर्व्यसन, सर्ने नसर्ने रोगहरु, सामाजिक सञ्जालको दुरुपयोग, सुर्तीजन्य पदार्थको नियन्त्रण, सुरक्षित वैदेशिक रोजगार, सडक सुरक्षा, लैंगिक हिंसा भ्रष्टाचारलगायतका विषयवस्तुमा आधारित जनचेतनामूलक सडक नाटकको विशेष प्रस्तुती प्रस्तुत गरेका थिए।

संयोजक गायक पौडेलका अनुसार गोकर्णेश्वर नगरपालिका, तार्केश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कीर्तिपुर नगरपालिकाले सहकार्य गरेका थिए। त्यसैगरी गरिमा विकास बैंक लिमिटेड, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, भूगर्भ सिमेन्ट, सडक विभाग सडक सुरक्षा, वैदेशिक रोजगार बोर्ड, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय कर कोष, ज्योति प्लाइ, लुम्बिनी तन्दुरी व्यवसायी संघ, सुधार गृहहरुको छाता संगठन एफडि डि आर, रिकभरि नेपाल, रोयल सुज, ग्रीनसिटी हस्पिटल, कान्तिपुर डेण्टल हस्पिटल, समाज डेण्टल हस्पिटल, भ्वाइस अफ चिल्ड्रेन, नमस्ते दोहोरी साँझ, नगरकोट दोहोरी साँझ, क्विन रोधिघर, दरबार रोधिघर, स्काइ पार्टी प्यालेस, विनायक हस्पिटल, गोधुली बैंक्वेट्स, स्टार अटो केयर लैनचौर, स्टार पार्टी प्यालेस, एन सि एग्रोटेक प्रालि, उपत्यका विकास प्राधिकरण, सदिक्षा ओभरसिज, दरबार दोहोरी, लगायतका संस्थाहरुको सहयोगमा बृहत् जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो। मिडिया पार्टनरको रुपमा मध्यह्न राष्ट्रिय दैनिक, जनसवाल राष्ट्रिय दैनिक लगायत रहेका थिए।

कार्यक्रममा सामाजिक सांस्कृतिक, कृषि, शैक्षिक एवं खेलकुदको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरु शान्ति भण्डारी, लक्ष्मी अधिकारी, धर्मराज पोखरेल, सोनु लामा, साबित्रा त्रिपाठी, गीता न्यौपाने, नन्दा बस्याल, रमेश तिवारी, भक्तबहादुर गोदार, कमला गैरेलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

दिउँसो १२ बजेदेखि सञ्चालित कार्यक्रममा स्वीकृति पौडेल, आशा बिसी, कल्पना नेपाल, कल्पना दाहाल, संगीता पौडेल, दुर्गा विरही, प्रेमराजा महत, नवीन ढुङ्गेल, प्रजापति पराजुली, दुर्गा रायमाझी, सरु थापा, देवी हमाल, शान्ति भन्डारी, ज्योति मगर, नवीन पौडेल, रितिका कुँवर, जमुना राना, प्रतिमा अर्याल, रेखा जोशी, हुम गैरे, पुरुषोत्तम गैरे, कमला पोखरेल, कृष्ण तिमल्सिना, कालिका रोका, माधव भण्डारी, भूमिका शाहलगायतले प्रस्तुती दिएका थिए भने अधिवक्ता एवं गायक सेमन्तमणि खरालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो