२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

शवबाहन नभएपछि प्रदेशसँग मागिँदै

शवबाहन नभएपछि प्रदेशसँग मागिँदै
अ अ+ अ-

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट यहाँ दैनिक मृत्यु हुन थालेपछि शव व्यवस्थापनका लागि जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले वाग्मती प्रदेशस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरमा शवबाहन मागिने भएको छ ।

केन्द्रको बैठकले कोभिड–१९ को दोस्रो लहरबाट मृत्यु भएकासमेतको शव व्यवस्थापन हालसम्म नेपाली सेनाले आफ्नै व्यवस्थापनमा गर्ने गरेको र काभ्रेपलाञ्चोकमा निजीस्तर, सरकारी तथा स्थानीय तहमा शवबाहन नभएको हुँदा प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरसँग शवबाहन माग्ने निर्णय गरेको हो । “दैनिक दुईभन्दा माथिको सङ्ख्यामा मृत्यु हुन थालेको छ, जिल्लामा शवबाहन नहुँदा प्रदेशमा माग्न लागेका हौँ”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भन्नुभयो । उहाँका अनुसार केन्द्र मातहत रहने गरी हाललाई एक थान शवबाहन मागिएको हो । 

केन्द्रका अनुसार कोरोना सङ्क्रमणबाट अस्पतालमा उपचाररत काभ्रेपलाञ्चोकमा बुधबार चार र मङ्गलबार सात तथा सोमबार दुईको मृत्यु भएको थियो । पछिल्लो घटना विवरणअनुसार कोरोना सङ्क्रमण भएको थाहा नभई घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भएर आएकाको अस्पताल आएको एकै दिनमा मृत्यु हुने गरेको केन्द्रले जनायो । “उपचारका लागि ढिलाइ गर्दा परीक्षणपछि उपचार गर्न नपाउँदै मृत्यु भएको पाइयो”, केन्द्रका सदस्यसचिव डा झाले भन्नुभयो । उहाँका अनुसार जिल्लामा ‘कन्ट्याक्ट ट्रेसिङ’को दायरा बढाउन लागिएको छ ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १५८ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो दिन जिल्लामा ८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म यहाँका कूल ७६८ सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३०१, धुलिखेलमा १५८, पनौतीमा १५०, पाँचखालमा ६०, नमोबुद्धमा २८, मण्डनदेउपुरमा १९ तथा रोशी गाउँपालिकामा १५, चौँरीदेउरालीमा सात, तेमालमा छ र भुम्लुमा सात, खानीखोलामा दुई, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी बनेपामा ३९ दशमलव १९ प्रतिशत सङ्क्रमित रहेका छन् । केन्द्रका अनुसार सङ्क्रमितमध्ये ७४३ होमआइसोलेशन तथा २५ जना अस्पतालको आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लामा ५६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।