२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा फेरि बढ्यो दोस्रो तहको सक्रियता, के एकता होला ?



अ+ अ-

काठमाडौ । फुटको डिलमा पुगेको नेकपा एमालेलाई पुनः एकिकृत गर्न दोश्रो तहका नेताहरुले सक्रियता देखाएका छन् । अध्यक्ष केपी ओली र बरिष्ठ नेता नेपाल बीच बैशाख  ७ र ८ गते भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि सुस्ताएका दोश्रोतहका नेता बैशाख २७ नजिकिदै जादा फेरि सक्रिय हुन थालेका छन् । 

बिहीबार नै एमाले उपमहासचिब एबं अर्थमन्त्री बिष्णु पौडेलसँग नागपोखरीको होटल मेरियटमा माधव नेपाल पक्षका नेताहरु गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डे बीच छलफल भएको थियो । बिहिबार नै पौडेलले होटल याक एण्ड यतिमा योगेश भट्टराई र धनश्याम भुषालबीच पनि छलफल भएको थियो । 

छलफलका सहभागी एक नेताका अनुसार एमाले बिभाजन हुदा स्थिति दुबै पक्षले सोचेभन्दा फरक हुने भन्दै त्याग गरेर पनि एकता जोगाउनुपर्ने अबस्था आएको ठहर गरेका थिए । 

बिहिबार नै प्रधानमन्त्री एबं अध्यक्ष ओलीले राष्ट्रपति बिद्यादेबी भण्डारीसँग भेट गरेपछि साँझ नै माधबकुमार नेपाल पनि शितल निबास पुग्नुभएको थियो । उता बुधबार नै महासचिब ईश्वर पोखरेलसँग नेता योगेश भट्टराई र गणेश पहाडीले एकता जोगाउने बारेमा सम्बाद गर्नुभएको थियो । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिशभाबाट बिश्वासको मत लिने निर्णयसँगै एमालेको बिवाद पनि निर्णायक मोडमा पुगेको छ । यही बीचमा राष्ट्रियसभाको रिक्त सदस्यको निर्बाचनमा एमालेले पूर्ब माओबादी नेता तथा हाल एमालेका नेता रामबहादुर थापालाई अघि सारेपछि माधब नेपाल समूहले बिपक्षीको मोर्चा बनाउदै डा। खिमलाल देबकोटाको पक्षमा उभिएको छ । 

यसै पनि आन्तरिक विवाद र समानान्तर कमिटीको अभ्यासमा रहेको एमालेभित्र भित्रको बिमति यो पछिल्लो घटनाले झनै पेचिलो बनेको छ । यसै समयमा आजै असन्तुष्ट एमाले नेता नेपाल काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सीधै शीतल निवास छिरेका छन् । 

देउवालाई भेटेर भन्दा पनि शीतल निवासमा नेपाल छिरेपछि एमालेका कार्यकर्ताहरुमा भने पाटीृमा एकता हुनसक्ने आशाको सञ्चार भएको देखिएको छ । अघि साँझदेखि सामाजिक सञ्जालमा यस्तै आसय पोखिएको देखिएको छ ।