काठमाडौँ । राष्ट्रियसभाको उपनिर्वाचनका लागि नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई उम्मेदार तय गरेको छ । पार्टीले उम्मेद्वार तय गरेपछि उम्मेदवारी दर्ताका लागि गृहमन्त्री थापा मकवानपुरको हेटौडा तर्फ जानुभएको उहाँका प्रेस सहयोगी किरण भट्टराईले जानकारी दिनुभयो ।
वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आगामी जेठ ६ गते हुँदैछ । उता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका माधव नेपाल समूह जनता समाज पार्टीका तर्फबाट उम्मेद्वार बन्नुभएका डा.खिमलाल देवकोटा उम्मेदवारी दर्ता गराउन बिहानै हेटौडा पुगिसक्नु भएको छ ।











