२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

विवाह र पूजामा हुने जमघटबाट सङ्क्रमण वृद्धि

विवाह र पूजामा हुने जमघटबाट सङ्क्रमण वृद्धि
अ अ+ अ-

वालिङ । विवाह तथा पूजामा मानिसको जमघटबाट यहाँका दुई बस्तीमा सङ्क्रमण उच्च रहेको छ । वालिङ नगरपालिका–९ को कल्लेरी र वडा नं १ को धरमपानीमा विवाह तथा चौरासी पूजामा सहभागी भएका अधिकांशमा सङ्क्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

कल्लेरी गाउँमा आयोजना गरिएको विवाहमा सहभागी भएकामा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि आइतबार गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । “कल्लेरी गाउँमा स्वास्थ्य समस्या देखिएको खबर पाएसँगै गह्रौँ प्राथमिक अस्पतालका चिकित्सकसहितको टोलीले गाउँमै पुगेर एन्टिजिनमार्फत परीक्षण ग¥यौँ”, शाखाप्रमुख पाण्डेले भन्नुभयो, “परीक्षण गरिएकामध्ये अधिकांशमा कोरोना पुष्टि भयो, उहाँहरुलाई आवश्यक औषधि तथा परामर्शसहित फर्कियौँ ।”

सङ्क्रमणको दर उच्च रहेकाले कल्लेरी गाउँलाई सिल गरी आवतजावतमा कडाइ गरिएको छ । हाल उक्त गाउँमा ४० बढी सङ्क्रमितको सङ्ख्या छ । तीन÷चार जनामा केही समस्या देखिए पनि अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको शाखाप्रमुख पाण्डेले बताउनुभयो ।

त्यस्तै धरमपानीमा यही वैशाख १४ गते गाउँमा आयोजना गरिएको चौरासी पूजामा सहभागी भएकाहरुमा गरिएको परीक्षणमा एउटै गाउँका १९ जनामा सङ्क्रणम पुष्टि भएको छ । पूजामा सहभागी भएकामा लक्षण देखिएपछि २५ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको वडा नं १ का वडाध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले बताउनुभयो ।

बाक्लो बस्ती रहेको गाउँमा चौरासी पूजा गरिएको र त्यहाँ सहभागी भएकाहरुमा एकाएक ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्नेलगायतका समस्या देखिएपछि परीक्षणका क्रममा ठूलो सङ्ख्यामा सङ्क्रमित रहेको पुष्टि भएको हो ।

नगरपालिका तथा गह्रौँ प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै पुगेर एन्टिजिन परीक्षण गरेको थियो । गाउँभरि सङ्क्रमित देखिएपछि तत्कालका लागि उक्त गाउँका नागरिकलाई घरबाट बाहिर ननिस्कन र बाहिरबाट पनि त्यस ठाउँमा आवतजावत गर्न नदिने गरी सिल गरिएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

गाउँमै पुगेर आवश्यक औषधि वितरण गरिएको र समस्या परेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेकाले प्राथमिक अस्पतालको अक्सिजनसहितको आइसोलेशनमा ल्याएर उपचार गरिने शाखाप्रमुख पाण्डेले जानकारी दिनुभयो । विवाह, भोज, पूजाआजा तथा अन्य जमघट हुने कार्यहरुमा थोरैभन्दा थोरै जना सहभागी हुन नगरपालिकाले अनुरोध गरेको छ । 

यस्ता कार्यहरु मिलेसम्म नगर्न र गर्नैपर्ने भए स्वास्थ्यसम्बन्धी मापदण्डभित्र रही उच्च सतर्कताका साथ गर्न पनि नगरपालिकाले सूचनामार्फत अनुरोध गरेको छ । जिल्लाका ११ पालिकामध्ये सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या वालिङमा छ । वालिङमा बिहीबार साँझसम्म २२० भन्दा धेरै सङ्क्रमित छन् ।