२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

संवैधानिक निकायहरु आवश्यकता कि बाध्यताको उपज ?

संवैधानिक निकायहरु आवश्यकता कि बाध्यताको उपज ?
अ अ+ अ-

काठमाडौं । कार्यपालीकालाई जबाफदेही बनाउन गठन गरिएका विभिन्न संवैधानिक आयोगहरु सरकारको उपेक्षाको शिकार भएको गुनासो सरकारवालाहरुले गरेका छन् ।

नीति फाउण्डेसन, संविधान निगरानी समूह, नेपाल कानून समाजले सयुक्तरुपमा आयोजना गरेको भर्चुअल छलफलमा सहभागी वक्ताहरुले संवैधानिक निकायहरु माथीको उपेक्षा राज्यबाट गरिएको षडयन्त्र भन्दै टिप्पणी भएको छ ।

कार्यक्रममा बोल्दै संविधान निगरानी समूहका अध्यक्ष पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले स्थायी प्रकृतिका ६ ओटा आयोग रहेपनि अन्य सात ओटा अस्थायी प्रकृतिको आयोगको भविष्य अन्योलमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ू१० वर्षको अवधी तोकिएको आयोगमा पदाधिकारी नियुक्ति हुन नै ६ वर्ष लाग्यो चार वर्षमा ती निरिह आयोगले के परिणाम देखाउछन्, निरन्तरता पाउछन् होला रु ।ू उँहाले आयोगहरु प्रभावकारी हुन नसक्नुमा संसद, सरकार स्वयं आयोगका पदाधिकारी पनि दोषी रहेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा सांसद राध्येश्याम अधिकारीले आयोगहरु प्रधानमन्त्रीको तजबिजी अधिकार जस्तो देखिएको भन्दै जुनसुकै सरकार भएपनि आयोगहरुलाई आफू मातहत राखेर काम गराउने प्रचलन भएको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगमा पूर्व सदस्य शुसील प्याकुरेलले गठन भएका आयोगका पदाधिकारीहरुले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको अनूभव सुनाउनु भयो । उहाँले भन्नुभयो 'समन्वय, सहमति र सहकार्य गर्ने भन्दा पनि प्रत्येक विषयमा सरकारसँग बिमति जनाउनेरुपमा प्रस्तुत हुँदा पनि समस्या देखिएको छ।'

यसैगरी लोकसेवा आयोगका पूर्व अध्यक्ष एवं पूर्व मुख्यसचिव तीर्थमान शाक्यले राज्यको आवश्यकताले भन्दा पनि आफ्ना निकटलाई जिम्मेवारी दिन आयोगहरु गठन गरिएको जस्तो देखिएको बताउनुभयो ।  पूर्वसचिव खेमराज रेग्मीले राजनीतिक हिसाब किताब मिलाउन आयोगहरु गठन गरिएको भन्दै करकापमा गठन भएको आयोग प्रभावकारी हुन नसक्ने दाबी गर्नुभयो ।

नेपाल बार एशोसिएसनका उपाध्यक्ष रक्षा बस्यालले गठन भएका आयोगहरुले पनि प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो  'आयोगलाई बजेट कम छ, कर्मचारीको अभाव छ त्यसमा पनि एउटै कामका लागि आयोगहरु बीच हानाथाप छ ।' आयोगका काम प्रभावकारी बनाउन कामको सीमा निर्धारण आवश्यक भइसककेको छ ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले आयोगका पदाधिकारीहरुले आफूले गर्नुपर्ने कामका बारेमा अनभिज्ञ भएको अनुभव सुनाउनु भयो । उँहाले भन्नुभयो खाली प्रशासनिक, आर्थिक समस्या मात्र देखाउने र जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्था छ, आयोगका पदाधिकारीले आफैले आफैलाई निरह बनाउनु भएन ।

कार्यक्रममा बिभिन्न संबैधानिक निकायहरुको आवश्यकता र औचित्य तथा तीनको अवस्थाका बारेमा नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान, पूर्व सांसद तथा बरिष्ठ अधिवक्ता खिमलाल देबकोटा, अधिकारकर्मी मन्दीरा शर्मा, अधिवक्ता ईश्वरी भट्टराई लगायतका वक्ताहरुले आ–आफना धारणाहरु राख्नु भएको थियो ।