२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

देशभर ९ हजार बढी संक्रमित थपिँदा, कुन जिल्लामा कति संक्रमित थपिए ?

देशभर ९ हजार बढी संक्रमित थपिँदा, कुन जिल्लामा कति संक्रमित थपिए ?
अ अ+ अ-

काठमाडौं । शुक्रवार देशभर थप ९ हजार १९६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ४८२ परीक्षणमा १९ हजार ९८७ जनाको पिसिआर र ४९५ जनाको एन्टिजेन परीक्षणमा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ।  

मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ को इलाममा ११, उदयपुरमा ६, ओखलढुंगामा ९, खोटाङमा ७, झापामा २१६, ताप्लेजुङमा ४९, तेह्रथुममा ७, धनकुटामा १५, पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा २७३, संखुवासभामा १५, सुनसरीमा ९८ र सोलुखुम्बुमा २ जना कोरोनाका संक्रमित थपिदा प्रदेश २ को धनुषामा १०६, पर्सा १३०, बारामा ३६, महोत्तरीमा ४०, रौतहटमा ५४, सप्तरीमा १६, सर्लाहीमा २६ र सिरहामा २५ जनामा संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार ८९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १८०, चितवनमा ३४३, दोलखामा ५१, धादिङमा ५९, नुवाकोटमा ७९, भक्तपुरमा ३७४, मकवानपुरमा ६३, रसुवामा २८, रामेछापमा ४१, ललितपुरमा ६४३, सिन्धुपाल्चोकमा २३ र सिन्धुलीमा २१ जना संक्रमित थपिदा  गण्डकी प्रदेशको कास्कीमा ३९३, गोरखामा ८३, तनहुँमा ४७, नवलपरासी पूर्वमा १००, पर्वतमा ६१, मुस्ताङमा १, म्याग्दीमा ४४, लमजुङमा २२, बागलुङमा ७ र स्याङजामा ४१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

यस्तै गत २४ घण्टामा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४२, कपिलवस्तुमा २७, गुल्मीमा ३०, दाङमा ३६६, नवलपरासीमा ८७, पाल्पामा ८०, प्युठानमा ७, बर्दियामा २४, बाँकेमा २२२, रुकुम पूर्वमा २, रुपन्देहीमा ७३० र रोल्पामा ५ जनामा संक्रमण पुष्टि हुँदा कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ३, दैलेखमा २८, सल्यानमा १०, सुर्खेतमा ५ र हुम्लामा ३ जना र सुदूरपश्चिम प्रदेशको अछाममा ६२, कञ्चनपुरमा ४५, कैलालीमा १२५, डडेल्धुरामा ३०, डोटीमा ३०, दार्चुलामा ३, बझाङमा २, बाजुरामा १ र बैतडीमा ११४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।