३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव
अ+ अ-

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन सो गाउँपालिकाले महोत्सवको आयोजना पनि गरेको छ ।

आन्तरिक तथा बाह्र पर्यटन प्रवद्र्धन गर्नाका साथै केदारनाथको आवश्यक प्रचारका गर्न यही भदौ १० देखि १२ गतेसम्म केदारनाथ महोत्सवको आयोजना गरिएको थियो । गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सो महोत्सवमा जुम्लाका मात्र नभएर धेरै जिल्लाका नागरिक आएकाले यस स्थानको प्रचार भएको जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डको सहआयोजना र गाउँपालिकाको मुख्य आयोजनामा सञ्चालन भएको महोत्सवमा कर्णाली प्रदेश सरकारका मन्त्रीहरुको पनि सहभागिता रहेको थियो । यसका साथै जिल्लामा रहेका सबै सरकारी कार्यालयका साथै अन्य व्यक्तित्वहरुले पनि सो महोत्सवको अवलोकन गरेका अध्यक्ष धितालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक धार्मिक तीर्थस्थल केदारनाथमा मनोरम प्राकृतिक दुश्य, बहुधार्मिक, बहुजातीय, बहुभाषिक जैविक विविधता र सामाजिक विविधता एवं ऐतिहासिक खस संस्कृतिले भरिपूर्ण रहेको केदारनाथलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगत्मा प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित गराउन केदारनाथमै ऐतिहासिक महोत्सव आयोजना गरियो र यो भव्यरुपमा सम्पन्न पनि भएको छ ।

उक्त महोत्सवको आयोजना गरेर स्थानीय कला, संस्कृति, वेशभूषाको जगेर्नामा टेवा पुगेको धारणा उहाँको छ । महोत्सवमा जुम्लामै उत्पादित स्याउका स्टलहरु, सिमी, राडीपाखी, पुर्खाहरुले प्रयोग गर्ने विभिन्न काष्ठकलाका सामग्री राखिएको थियो । यी सामग्रीहरु महोत्सवका मुख्य आकर्षण रहेका स्थानीयवासी लिला रावतको भनाइ छ । उक्त महोत्सवसम्म पुग्न सिञ्जा गाउँपालिकाले साङ्टाखोलामा पक्की पुल निर्माणका साथै रुद्रप्रयाग शिवमन्दिर पनि निर्माण गरेको छ । काफल दिवस, खस दिवस, खस पात्रो सार्वजनिक र स्याउ दिवसका पहिचान गराउनाका साथै महोत्सवमा इन्द्रेणी समूहको सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।

सो धार्मिक महोत्सवमा यहाँका झण्डै दुई सय भन्दा बढी धामी झाँक्रीको प्रस्तुति पनि थियो । यहाँ विभिन्न जिल्लाबाट बरदान माग्ने भक्तजनको घुइँचो लागेको थियो । सो मेलामा मदिराको बिक्रीवितरण पूर्णरूपमा प्रतिबन्ध लगाइएको थियो । मेलाका लागि गाँउपालिकाको कुनै रकम खर्च नभएको सिंजा गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो । महोत्सवमा १० हजार दर्शकले अवलोकन गरेका र स्थानीय परिकारका ३२ वटा स्टल राखिएको सिंजा गाउँपालिका प्रवक्ता तीर्थ वडले बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड, कृषि विकास कार्यालय जुम्ला र प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा महोत्सव सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो । पर्यटकीय गन्तव्य सिंजाको केदारनाथ क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भएर पनि उचित प्रचारप्रसार र विकासको अभावमा ओझेलमा परेको स्थानीयवासी गोरे रोकायाले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले बताउनुभयो । समुद्री सतहदेखि लगभग तीन हजार पाँच सय मिटर उचाइको लेकको काखमा अवस्थित केदारनाथ मन्दिरमा अरु समय पनि पूजाआजा र दर्शन गर्नेहरु निकै हुने गर्दछन् ।

सिंजाको विकास प्राथमिकतामा

खस नेपाली भाषाको जन्म थलो समेत रहेको सिंजा क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्ने कार्य कर्णाली प्रदेश सरकारको विशेष प्रथामिकतामा परेको प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले जानकारी दिनुभयो ।

त्यसैगरी कर्णाली प्रदेश सरकारका कृषि मन्त्री भिमप्रकाश शर्माले सिंजाको रैथाने बालीदेखि अन्य क्षेत्रमा विकास गर्न प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने बताउनुभयो ।

उता कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपानेले सिंजाको पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राख्नुहुन्छ । रासस