२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र पाकिस्तानबीचको खेलअघि त्रिशला गुरुङले प्रस्तुति दिने



अ+ अ-

काठमाडौं । एसिया कप क्रिकेट आज बुधबार देखि सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले इतिहासमै पहिलो पटक विश्व च्याम्पियन टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको हो । ओडिआई क्रिकेट वरीयतामा शीर्ष स्थानको पाकिस्तान र नेपालबीचको खेल दिउँसो ३ः१५ बजे मुल्तान क्रिकेट रंगशालामा सुरु हुनेछ ।

त्यसअघि २ बजेतिर नेपाली गायिका डा. त्रिशला गुरुङ र पाकिस्तानी गायिका ऐमा बाइगले प्रस्तुति दिनेछन् । गुरुङ त्यसका लागि पाकिस्तान प्रस्थान गरिसकेकी छन् । उनीहरुले मुल्तान क्रिकेट रंगशालामा प्रस्तुति गर्ने भएका हुन् । उनीहरुले राष्ट्रिय गानलगायतको प्रस्तुति दिने जनाइएको छ ।