२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

तपाईलाई थहाँ छ, ओखर भिजाएर दिनदिनै खानुका यस्ता छन् फाइदा

तपाईलाई थहाँ छ, ओखर भिजाएर दिनदिनै खानुका यस्ता छन् फाइदा
अ अ+ अ-

काठमाडौं । ओखर खाँदा के हुन्छ ? यसको सेवन कसरी गर्दा हामीलाई फाइदा हुँन्छ । तपाइहरुको मनमा यस्तै यस्तै जिज्ञासा लागिरहेका होलान । आज हामीले ओखरकबारेमा तपमइहरुलाई केहि जानकारी दिन लागिरहेका छौ । 

स्वास्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । 

ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फोरस, कपर, सेलेनियम, ओमेगा–३ फ्याट्टी एसिड जस्ता पोषक तत्त्व पाइन्छन् । 

तर ओखरलाई काँचै खानुभन्दा भिजाएर खाँदा त्यसको फाइदा कैयौं गुणा बढ्छ । राति दुईवटा ओखरलाई भिजाएर राख्ने र बिहान खाली पेटमा खाने गर्दा बढी फाइदा हुन्छ । भिजाइएको ओखरले अनेकौं रोगबाट मुक्त गराउँछ ।
 
ब्लड सुगर र मधुमेहबाट बच्नुछ भने भिजेको ओखरले फाइदा गर्छ । 

ओखरमा भरपूर फाइबर हुन्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । पेट सही राख्न र कब्जियतबाट बच्न फाइबरयुक्त खानेकुराहरू खान जरूरी छ । भिजेको ओखर त्यसका लागि सर्वाधिक उपयुक्त खाद्यपदार्थ हो । 

ओखरमा भएका पोषक तत्त्वले हाड र दाँत बलियो बनाउँछन् । यसमा भएको अल्फा लिनोलेनिक एसिडले हाडलाई बलियो बनाउँछ । त्यसबाहेक ओखरमा भएको ओमेगा–३ फ्याट्टी एसिडले सुन्निएको पनि ठीक गर्छ । 

ओखरले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ । उच्च रक्तचापको समस्या भएकाहरूलाई ओखर लाभदायक हुन्छ । यसले राम्रो कोलेस्ट्रोल निर्माणमा सहयोग गरेर मुटुलाई फाइदा दिन्छ । 

ओखर खाइरहने व्यक्तिले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर र कोलोरेक्टल क्यान्सर जस्ता गम्भीर रोगको खतरालाई घटाउन सक्छ । यसमा भएको पोलिफेनोल इलागिट्यानिन्सले क्यान्सरविरुद्ध सुरक्षा प्रदान गर्न मद्दत गर्छ । अनि ओखर खाँदा हर्मोनसँग जोडिएको क्यान्सरको खतरा पनि कम हुन्छ । यसमा भएको एन्टीअक्सिडेन्टले शरीरमा क्यान्सर सेल बन्न पनि दिँदैन । 

इम्युनिटी बढाउन, तनाव र स्ट्रेस घटाउन, राम्रो निद्रा दिलाउन, तौल घटाउन, पुरुषको प्रजनन क्षमता बढाउन समेत ओखर लाभदायक हुन्छ ।