२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ ।

आज दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिएको छ ।

लगानी समूह, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेका छन् भने बाँकी सबै समूहको उपसूचक घटेको छ । लगानी समूह शून्य दशमलव ०९, म्युचुअल फन्ड शून्य दशमलव ०४, निर्जीवन बीमा पाँच दशमलव ६१ र व्यापार शून्य दशमलव ८० अङ्कले बढेका छन् । सबैभन्दा धेरै घट्नेमा भने जीवन बीमा समूह ५० दशमलव ०१ र होटल तथा पर्यटन ३५ दशमलव ५८ अङ्कले घटेका छन् ।

त्यस्तै, बैङ्किङ दुई दशमलव १९, विकास बैङ्क २१ दशमलव १७, वित्त चार दशमलव ८८, जलविद्युत् ११ दशमलव ४१, उत्पादन तथा प्रशोधन ३१ दशमलव ४२, लघुवित्त शून्य दशमलव ६० र अन्य समूह तीन दशमलव १२ अङ्कले घटेको छ ।

आजको कारोबारमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता चार दशमलव ८३ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको रु तीन करोड ६२ लाख दुई हजार छ सय ५९ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ इक्विटी फन्डको चार लाख ६७ हजार ४५ कित्ता किनबेच भएको छ । रासस