२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन जाने पर्यटकका लागि अगस्ट ३० देखि कोरोना परीक्षण अनिवार्य नहुने



अ+ अ-

एजेन्सी । अगस्ट ३० देखि चीन भ्रमणमा जाने पर्यटकहरुका लागि न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण गर्नु नपर्ने भएको छ ।

सोमवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३० बाट चिन जाने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाउने बताउनुभएको हो ।

२०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखा परेको थियो । चीनपछि बिस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरुको निधन भएको थियो भने अर्बौं मानिसहरु संक्रमित भएका थिए । २०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरुमा अहिले पनि देखा पर्दै आइरहेको छ ।

सोमवार पत्रकार सम्मेलनमा उहाँले अगस्ट ३०, २०१९ बाट भने चीन भित्रिने पर्यटकका लागि कोभिड १९ को परीक्षण अनिवार्य नरहेको बताउनु भयो ।