२३ असार २०८३, मंगलवार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

के गर्भवती महिलालाई कोरोना संक्रमण हुँदा बच्चामा पनि संक्रमण हुन्छ ?



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरसंगै मानिसहरु पुनः समस्यामा परेका छन् । संक्रमितको संख्या दिनानुदिन बढ्नुका साथै कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ । 

दोस्रो लहरको संक्रमणमा संक्रमित हुनेको संख्या बढेकै वेला कोरोना संक्रमित हुने गर्भवती महिलाका शिशुमा पनि संक्रमण हुने वा नहुने विषयमा पनि छलफल हुन थालेको छ । 

गर्भवती महिलाहरुको गर्भमा रहेको बच्चामा संक्रमण भएको पाइएको छैन । तर, गर्भवती महिलामा संक्रमण हुँदा शिशुलाई खतरा हुने भएकाले समयमा नै सावधानी अपनाउन आवश्यक छ । 

गर्भवती महिलामा रोग प्रतिरोधी क्षमतामा कमि हुन्छ । गर्भ रहेको अवस्थामा शरीरले २ व्यक्तिका लागि पोषण दिने काम गरिरहेको छ । त्यसैले यस्तो समयमा कुनै पनि रोगले छिट्टो आक्रमण गर्न सक्छ । त्यसैले गर्भवती महिलामा कोरोना संक्रमण हुने सम्भावना बढी हुन्छ । 

दोस्रो लहरमा विश्वभर युवा पुस्ता संक्रमणको उच्च जोखिममा रहेका छन् । त्यसैगरी, गर्भवती महिलाहरु पनि संक्रमणको उच्च जोखिममा छन् । 

तर, अहिलेसम्म कुनै पनि मेडिकल रिपोर्टले आमाको पेटमा रहेको शिशुमा संक्रमण भएको पत्ता लगाएको छैन । तर, कोरोना संक्रमित गर्भवती महिलाहरुको शरीरमा असर पार्ने र उनको शिशुमा पनि गम्भीर असर पार्छ । शिशु जन्मिएपछि भने संक्रमण हुने सम्भावना बढी हुन्छ । गर्भवती महिलाहरूमा संक्रमणका कारण छिट्टै शिशु जन्मिएका उदाहरणहरु भने भेटिएका छन् ।