२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

असुरक्षित यौन सम्बन्धले देखा पर्नेछन् यस्ता समस्या

असुरक्षित यौन सम्बन्धले देखा पर्नेछन् यस्ता समस्या
प्रतीकात्मक तस्बिर
अ अ+ अ-

काठमाडौं । असुरक्षित यौन सम्पकले धेरै खाले रोगहर लइाउन सक्छन् त्यस मध्ये पनि मुत्राशयमा ल्याउने रोग पनि एक हो ।  पिसाब फेर्न गाह्रो हुन्छ, पिसाब फेर्ने क्रममा दुख्ने, पोल्ने समस्या हुनसक्छ, यौनाङ्गमा घाउँ/खटिरा देखापर्न सक्छ ।

यी लक्षण हुन्, मूत्रनली वा मूत्रमार्गको संक्रमण । मुत्राशयमा हुने संक्रमणलाई बोलीचालीको भाषामा मूत्रनली वा मूत्रमार्गमा हुने संक्रमण भन्ने गरिन्छ । मुूत्राशयमा ब्याक्टेरियाको संक्रमण धेरै भएमा मूत्राशयको संक्रमण हुने गर्छ । यस्ता सक्रमण गर्ने व्याक्टेरिया जांग वरिपरि रहने गर्छ । यौन सम्पर्क गर्दा यो व्याक्टेरिया शरीरमा प्रवेश गर्दछ । अक्सर यस्तो गडबडी असुरक्षित यौन सम्बन्धका कारण पनि हुनसक्छ ।

यस्ता संक्रमण पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ । संक्रमणबाट बच्चा समेत ग्रसित हुने गर्दछन् । आखिर, मूत्राशयको संक्रमण किन र कसरी हुन्छ, र, यसको लक्षण तथा उपचार विधि के हो ?

मुत्राशय तथा मूत्रनलीमा हुनसक्ने संक्रमणको कारण

शरीरको विशिष्ट द्रव्यलाई एकत्रित गरेर त्यसलाई पिसाबको रुपमा शरीरबाट बाहिर निकाल्नु नै मूत्राशयको मुख्य काम हो । जब एक निश्चित समय पश्चात्त मूत्रासयमा पिसाब एकत्रित हुन थाल्छ, तब व्यक्तिलाई पिसाब फेर्ने तिब्र चाहना हुन्छ । तर कहिलेकाही पिसाबलाई  लामो समय रोकेर राख्दा मुत्राशयमा व्याक्टेरियाको संख्या बढेर मुत्राशय तथा मूत्रनलीको संक्रमण हुने गर्छ ।

ओछ्यानमा पिसाब फेर्ने बानीका कारण बालबालिकाहरुमा पनि यसको संक्रमण उच्च हुने गर्छ । यो संक्रमण भएमा पिसाब राम्ररी हुन नसकी मूत्राशय तथा मूत्रनलीमा यसको संक्रमण फैलिने गर्छ ।

यस्ता संक्रमण फैलाउने इशरीकिया कोली नामको व्याक्टेरिया जाँघ वरिपरि बस्ने गर्छ । जब व्यक्तिले यौन सम्बन्ध राख्ने गर्छन्, तब उक्त व्याक्टेरिया मूत्राशयमा प्रवेश गरी ९० प्रतिशत संक्रमण फैलाउने गर्छ । यो संक्रमण मिर्गौलासम्म फैलिएमा मिर्गौलाको संक्रमण हुने गर्छ ।

मुत्राशय र मुत्रनलीमा हुनसक्ने संक्रमणका लक्षण 

– पिसाब कम मात्रामा हुनु

– ज्वरोका साथै पसिना आउनु वा  जाडो महसुस हुनु

– पिसाब अनियन्त्रित हुनु

–  शरीरमा ऐठन महसुस हुनु

– पिसाब गर्दा दुख्नु वा पोल्नु

– पिसाब गन्हाउनु

– पिसाबमा  रगत  देखिनु वा  गहिरो रङ्गको पिसाब हुनु

– मेरुदण्डको दायाँबाया दुख्नु

– यौन सम्बन्ध राख्दा दुख्नु

मुत्राशय तथा मूत्रमार्गमा संक्रमण भएमा शरीर थकित हुने गर्छ । साथै, यसले मिर्गौलामा पनि सबैभन्दा धेरै असर पर्नुका साथै  कम्मरमा  तिव्र दुखाई हुनुका साथै उच्च ज्वरो आउने सम्भावना उच्च हुने गर्छ । यदी वर्षदिन भित्रमा तीन पटक भन्दा बढी पटक यो समस्या भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । यदी कसैलाई यस्ता संक्रमण भएको शंका लागेमा चिकित्सकको परामर्शमा निश्चित परीक्षणहरु गरेर यो समस्या भए, नभएको थाहा पाउन सकिन्छ,   र मुत्राशय तथा मुत्रनलीको संक्रमण भएको पुष्टी भएमा एन्टीबायोटिक्सको साथमा प्रशस्त मात्रामा झोलिलो पदार्थ तथा पानीको सेवन गर्नु पर्दछ । यसले शरीरमा संक्रमण गराउने व्याक्टेरियालाई बाहिर फाल्न मद्दत गर्छ ।