२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका दु:ख– संघीय सरकार जोगाउन संघीयता विरोधीको शरणमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । दोश्रो पटक पनि असंवैधानिक रुपमै गठन भएको कोशी प्रदेश सरकार जोगाउन सत्ता गठबन्धनले सत्ताको साँचो लिएर बसेको राप्रपासँग नजिकएको छ । नजिकिएको मात्र नभइ संघमा एउटा संसदीय समितिको सभापति समेत दिएको छ ।

केही दिन अघिसम्म संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र पाचौँ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उपेक्षा गर्दै कम सिट भएको नेकपा एकीकृत समाजबादी र जनमतलाई संसदीय समितिको सभापति भागबण्डा गरेको दलले कोशीमा सरकार जोगाउन राप्रपालाई विकास समितिको सभापति दिएको हो । यसलाई कतिपयले संघ सरकारले थापेको ढोक्साको उदाहरण पनि दिने गरेका छन् ।

कोशीका माओबादी केन्द्रका सांसद बाबुराम गौतमले सभामुखको पदीय गरिमालाई कोशीमा बगाएपछि सरकार ढलेको थियो । फेरि उस्तै हर्कत गरेर प्राबिधिक रुपमा बहुमतको दाबी गरेपनि अदालतले ठेगान लगाएपछि सत्ता जोगाउन सत्तारुढ गठबन्धन राप्रपाको शरणमा पुग्नुपरेको हो । त्यहाँ छ सिट लिएर बसेको राप्रपा कोशी सरकारको निर्णायक शक्तिमा रहेको छ ।

नेपाली राजनीतिमा दिनदिनै जसो रोचक घटनाहरु भइरहेकै बेला संघीय संरचनाको बिपक्षामा उभिएको राप्रपाको साथ खोजेर प्रदेश सरकार जोगाउने प्रयासबाट आउने परिणाम नेपाली राजनीतिको एउटा रोचक बिषय त बन्ने नै छ । समितिको सभापति छाड्दै गर्दा माओबादी केन्द्रका सांसद तथा सभापतिका उम्मेदबार माधव सापकोटाले कोशीमा सहयोग गर्ने सर्तमा राप्रपालाई सभापति दिएको प्रतिक्रिया दिएका थिए ।

तर राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले भने सभापति लिनु र कोशीमा समर्थन गर्ने बारेमा कुनै आईनो साईनो नै नभएको बताएका छन् ।

हुनत उहाँले केही समय अघि दुई पटक सम्म असंवैधानिक रुपमा सरकार गठन गर्ने शक्तिलाई समर्थन गर्न नसकिने उनको भनाइ थियो । तर सत्ता गठबन्धनका नेताहरु कोशीमा राप्रपाले सहयोग गर्नेमा ढुक्क जस्तै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपाका उपाध्यक्ष बुद्धिमान तमाङसँग सहमतिको सम्बादलाई अघि बढाएका हालै आएको छ ।

यद्यपी, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दुई विषय फरक फरक भएको र समितिको सभापति लिएर कोशीमा समर्थन जनाउने निर्णय नभएको बताउँछन् । यस विषयमा प्याकेजमा सहमति भएको भनेर आएका समाचारमा सत्यता नरहेको श्रेष्ठको भनाई छ ।

नागरिकप्रति हालको संघीय संरचनाका बारेमा नकारात्मक जनमत बन्दै गएको छ । यो संघीयता किन चाहियो भन्ने प्रश्न दिनका दिन सामाजिक सञ्जालमा निकै बलियो गरी उठिरहेकै छ । यी प्रश्न र परिस्थितिका बीचमा राप्रपाले लिने निर्णयले राप्रपाकै आगामी दिनको बाटो तय गर्ने स्पष्टै छ ।