२३ असार २०८३, मंगलवार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेत्री कंगनालाई कोरोना संक्रमण



अ+ अ-

एजेन्सी । भारतीय राष्ट्रिय अवार्ड विजयी बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण भएको छ । 

आफूमा कोरोना संक्रमण पुष्टि भएपछि उनले आफूलाई होम क्वारेन्टाइन गरेकी छन् ।

दैनिक जागरणका अनुसार ट्वीटरले उनको एकाउण्ट सस्पेण्ड गरिदिएपछि इन्स्टाग्राममार्फत आफ्ना फ्यानलाई कोरोना संक्रमणबारे जानकारी दिएकी हुन् ।

उनी लेख्छिन्, ‘निकै थाकेको महशुस गरेकी छु । केही दिन अघिदेखि मेरो आँखा पोलिरहेको छ । मैले हिजो मात्र स्वाब टेस्ट गराएको थिएँ, आज रिजल्ट आयो । मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । मलाई थाहा छैन, यो भाइरस मेरो शरीरमा कसरी आयो । म यसलाई समाप्त पार्नेछु’, 

यस्तै उनले सँगै मिलेर कोरोना भाइरसलाई परास्त गर्न पनि अपिल गरेकी छन् ।