२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

दिल्लीलाई थप दुई करोड ६० लाख खोप आवश्यकः केजरीवाल

दिल्लीलाई थप दुई करोड ६० लाख खोप आवश्यकः केजरीवाल
अ अ+ अ-

एजेन्सी । दिल्लीले १८ वर्ष माथिका व्यक्तिलाई आगामी तीन महिनाभित्र कोभिड–१९ विरूद्धको खोप अभियान सम्पन्न गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार बताउनुभएको छ । दिल्ली प्रशासनलाई थप दुई करोड ६० लाख कोभिड–१९ विरूद्धको खोप आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यदि हामीले खोपको पर्याप्त मात्रा पायौं भने तीन महिनाभित्र खोप पूरा गर्न सक्दछौं । दिल्लीमा १८ बर्षभन्दा माथिका नागरिकको सङ्ख्या एक करोड ५० लाख छ । दिल्लीमा कूल तीन करोड खोप आवश्यक रहेकोमा राज्य सरकारसँग ४० लाख खोप उपलब्ध रहेको र बाँकी दुई करोड ६० लाख मात्रा आवश्यक रहेको छ । सरकारले खोपको जोहो गरिरहेको छ ।” 

मुख्यमन्त्रीले भन्नुभयो, “हाल दिल्लीले एक दिनमा एक लाख मानिसलाई खोप लगाइरहेको छ तर सरकारले यसलाई बढाएर प्रतिदिन तीन लाख खोप लगाउने योजना बनाइरहेको छ ।

 “छिमेकी शहरहरू फरीदाबाद, गाजियाबाद, सोनीपत, गुडगाउँ, नोएडाका धेरै मानिसहरूले दिलल्ी सरकारको खोप व्यवस्थापनलाई मन पराएका कारण खोपका लागि दिल्ली आउने गरेका छन् । जे होस् हामीलाई खोपको पर्याप्त मात्रा उपलब्ध भएमा तीन महिनामा राष्ट्रिय राजधानीको सम्पूर्ण व्यक्तिलाई खोप लगाइ सक्नेछौं ।

दिल्लीले हाल १८–४४ वर्ष उमेर समूहका व्यक्तिलाई विभिन्न १०० विद्यालयसहित अस्पतालबाट खोप सेवा उपलब्ध गराइरहेको छ । यस सेवालाई केही दिनमा नै ३०० विद्यालयबाट सञ्चालन गर्ने तयार मुख्यमन्त्री केजरीवालले बताउनुभयो । राज्यले सोचे अनुसार खोप अभियान पूरा गर्न दिल्लीका लागि मासिक ८० देखि ८५ लाख खोप उपलब्ध हुनुपर्ने देखिन्छ । 

मुख्यमन्त्री केजरीवालले बालबालिकालाई खोप दिन नसकिएकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “मैले केन्द्र सरकारसँग पर्याप्त खोप उपलब्ध गराउनका लागि आग्रह गरेको छु । साथै बालबालिकालाई अहिले खोप लगाउन सकिएको छैन । म केन्द्र सरकार तथा विज्ञहरूसँग आग्रह गर्दछु कि छिट्टै उनीहरूका लागि पनि खोप तयार होस् ।”