२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका यी चार अस्पतालले कोरोना संक्रमितको उपचार नगर्ने



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका चार अस्पतालले अक्सिजन ग्यास अभावको कारण कोरोना संक्रमितको उपचार नगर्ने बताएका छन् । शनिबार एक सुचना जारि गर्दै मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले कोरोना संक्रमितको उपचार नगर्ने बताएका हुन् । 

अस्पतालहरुले संयुक्त रुपमा विज्ञप्ति निकालेर अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि शनिबारदेखि सीमित शय्यामात्र सञ्चालनमा ल्याई सेवा प्रदान गर्ने जनाएका छन्।

उनीहरुले कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति भएकाले अक्सिजनको बैकल्पिक व्यवस्था गर्न असहज भएका कारण बाध्यतावस सेवा दिन नसकिने जनाएका हुन्।

हेर्नुहोस् यस्तो छ सुचना