२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-खनाल समूहका सांसदले आइतबार राजीनामा दिने



अ+ अ-

काठमाडौँ  । नेकपा एमालेका माधव नेपाल समुहका सांसदहरुले भोली (आइतबार) सामुहिक राजीनामा दिने भएका छन् ।केही दिनदेखिको वार्ता र छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि अन्तत नेपाल समूहका सांसदहरुले राजिनामा दिने भएका हुन् । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै नेपाल-झलनाथ खनाल समूहका नेता र सांसदहरुको बैठकले राजीनामा दिने निर्णय गरेको हो । 

प्रधानमन्त्री ओलीले २७ गते सोमबार विश्वासको मत लिनका लागि संसद बैठक बोलाए पनि कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत पाउने संभावना छैन ।

माधव समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ ।