२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

तनहुँमा १०० शय्याको आइसोलेशन कक्ष स्थापना

तनहुँमा १०० शय्याको आइसोलेशन कक्ष स्थापना
अ अ+ अ-

तनहुँ । कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरेका छन् । कोरोना सङ्क्रमितलाई सुरक्षित स्थानमा राखेर  उपचार गर्नका लागि तनहुँका अधिकांश पालिकाले व्यवस्थित आइसोलेशन कक्ष स्थापना गरेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले दुई स्थानमा गरी ६५ शय्याको आइसोलेशन कक्ष निर्माण गरेको नगर उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो । नगरपालिका क्षेत्रमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या न्यून रहेकाले आवश्यक देखिए क्षमता वृद्धि गर्दै जाने योजना रहेको उहाँले बताउनुभयो । 

ऋषिङ गाउँपालिकाले १०, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाले पाँच÷पाँच शय्याको आइसोलेशन कक्ष स्थापना गरेको बताएका छन् ।

व्यास नगरपालिका, भानु नगरपालिका र बन्दिपुर गाउँपालिकाले आइसोलेशन कक्ष निर्माण गरेका छैनन् । व्यास–१ कराङकाठस्थित क्षत्री समाजको भवनमा ६३ जना क्षमताको क्वारेन्टिन कक्ष निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो । नगरपालिकाका १४ वटै वडामा रहेका आमा समूह, सामुदायिक भवन र खाली जग्गामा आइसोलेशन कक्ष निर्माण गर्न नगरपालिकाले निर्देशन गरिसकेको उहाँले जानकारी दिनुभयो । 
 
भानु नगरपालिकाले गत वर्ष शारदा लोहनी विद्यालयमा २५ शय्या क्षमताको क्वारेन्टिन बनाएकाले अहिले पनि त्यसैलाई कायम गर्ने गरी प्रक्रिया अघि बढाउन लागेको नगर उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । पालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएको अवस्थामा  तत्कालै आइसोलेशन कक्ष स्थापना गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । 

बन्दिपुर गाउँपालिकाले आइसोलेशन कक्ष निर्माणका लागि प्रक्रिया अघि बढाएको जनाएको छ । गाउँपालिकाभित्र सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिँदै आएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिनुभयो । देवघाट गाउँपालिकाले प्रत्येक नाकामा हेल्थ डेस्क राखेर उच्च सर्तकता अपनाउँदै आएको छ । एम्बुलेन्स भाडामा लिएर तयारी अवस्थामा राखिएको र प्रत्येक सामुदायिक वनको पैसाले बिरामी ओसारपसार गर्दा लाग्ने भाडा बेहोर्नुपर्ने निर्णय गरिएको छ । गाउँपालिकाभित्र रहेका माध्यमिक तह र स्वास्थ्य चौकीलाई आइसोलेशन कक्ष बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताउनुभयो ।