२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

प्रदेश २ः प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो

प्रदेश २ः प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो
अ अ+ अ-

धनुषा । कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाए अनुसार छ महिनाका लागि जनशक्ति नियुक्त गर्न अस्पताललाई अधिकार दिइएको छ । यसै सन्दर्भमा प्रादेशिक अस्पताल जनकपुरधाममा १२८ जनशक्ति थप गरिएको हो । तीमध्ये आइसीयु सञ्चालनका लागि ६८ थप गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नारायणी अस्पताल वीरगञ्जमा कोरोनाको सघन उपचारका लागि प्रदेश सरकारले १९ र सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आठ जनशक्ति थप गरेको छ । सप्तरीको भारदह अस्पताल, पर्साको पोखरिया अस्पताल, सिरहा, जलेश्वर, मलगङ्वा, गौर, कलैया र लहान अस्पतालमा पनि कोरोनाको सघन उपचारका लागि थप जनशक्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं २ सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका लागि ३३ जनशक्ति उपलब्ध गराएको छ । नवौँ तहको माइक्रोबायोलोजिष्ट तीन, सातौँ तहको मेडिकल टेक्नोलोजिष्ट नौ, सहायक पाँचौँ तहको ल्याबटेक्निसियन चार, सहायक चौथो तहको ल्याब असिस्टेन्ट तीन, कम्प्युटर अपरेटर तीन, सवारी चालक दुई, सुरक्षा गार्ड तीन, कार्यालय सहयोगी तीन र स्वीपर तीन जना उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

विद्युत् अनियमित हुँदा दुई दिनदेखि पिसिआर मेसिन बन्द

सर्लाही– सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पिसिआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ । जिल्लामा विद्युत् अनियमित हुँदा  पिसिआर मेसिन बन्द भएको हो । ल्याबमा बुधबार राति ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि बिहीबार, शुुक्रबार र शनिबार दिनभर छिनछिनमै बत्ती गइरहने समस्याले मेसिन चलाउनै नसकिएको जिल्ला अस्पताल सर्लाहीका जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताउनुभयो ।

उहाँले मेसिन सञ्चालन नभए पनि शुक्रबार ३० जनाको थ्रोट स्वाब सङ्कलन भएको बताउनुभयो । बुधबार, बिहीबार र शुक्रबारको केही स्वाबको रिपोर्ट आउन बाँकी रहेको थियो भने शनिबारको स्वाब सबैको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । यता शनिबार सार्वजनिक बिदा परेकाले आज मात्रै रिपोर्ट आउन सक्ने जनस्वास्थ्य निरीक्षक साहले बताउनुभयो ।

अस्पतालमा जेनेरेटर र अन्य वैकल्पिक ऊर्जाको व्यवस्था नहुँदा ल्याबमा खटिएका कर्मचारी समस्यामा परेका छन् । जिल्ला अस्पतालमा वैशाख १७ गतेदेखि ल्याब सञ्चालन भएयत शनिबारसम्म ३९० जनाको स्वाब सङ्कलन भएको छ । सर्लाहीमा शुक्रबार बिहानसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २४३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीका बलिराम यादवले जानकारी दिनुभयो भने चार जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको यादवले बताउनुभयो ।

 शुक्रबार र शनिबार स्वाब सङ्कलन गरिएका सबै स्वाबको रिपोर्ट आज मात्र आउने जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । एकपटक पिसिआर मेसिन चलाउन ९४ देखि ९६ जनाको थ्रोट स्वाब जम्मा हुनुपर्ने हुन्छ ।