२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

सङ्क्रमण बढेपछि आइसोलेशन निर्माणमा स्थानीय सरकार

सङ्क्रमण बढेपछि आइसोलेशन निर्माणमा स्थानीय सरकार
अ अ+ अ-

कनकाई । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि झापाका हरेक स्थानीय तहमा यतिबेला अक्सिजनसहितको आइसोलेशन निर्माण भइरहेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै हरेक स्थानीय तहले आइसोलेशन कक्ष सञ्चालनको कार्यलाई तीव्रताका साथ अघि बढाएका छन् । 

कोरोनाका कारण अतिप्रभावित स्थानीयवासीलाई प्राथमिक चरणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय पालिकाले आइसोलेशन सञ्चालन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छन् । सक्रिय सङ्क्रमितका लागि ठूला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेसँगै उपचार सेवाको अभावमा अस्पताल घुमाउँदाघुमाउँदै धेरै बिरामीले ज्यान गुमाउनुपरेको दयनीय अवस्थालाई मध्यनजर गर्दै हरेक पालिकाले आफ्ना नागरिकको जीउधनको सुरक्षाका लागि स्थानीयस्तरमै आइसोलेशन कक्ष सञ्चालन गर्न लागेको बताइएको छ ।

यसै क्रममा कनकाई नगरपालिकाले पहिलो चरणमा अक्सिजनसहितको २० शय्याको आइसोलेशन सञ्चालनमा ल्याउने भएको छ । आवश्यक सामग्रीका साथमा चाँडै आइसोलेशन कक्ष सञ्चालनका लागि तयारी गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । कनकाई नगरको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रको दोस्रो तलामा व्यवस्थापन गरिएको आइसोलेशन कक्षका सबै शय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै सङ्क्रमितलाई स्वास्थ्यकर्मीबाट आवश्यक परामर्श सेवा सञ्चालन गरिने भएको छ । कोरोनासम्बन्धी आवश्यक परामर्शका लागि २४सै घण्टा सेवा उपलब्ध गराउन नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा अभिषेक नायकलाई जिम्मेवारी प्रदान गरिसकेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

जिम्मेवारी पाएसँगै डा नायकले हाल कोरोनाबाट सङ्क्रमित भई होम आइसोलेशनमा रहेका कनकाई नगरवासीसँग फोन सम्पर्क गरी स्वास्थ्यसँग सम्बन्धित विषयमा परामर्श लिने साथै प्राथमिक औषधोपचारका विषयमा सल्लाह दिने गरेको बताउनुभयो ।