२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको सिड्नीमा लगाइएको प्रतिबन्ध एक हप्ता थप



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा लगाइएको केही प्रतिबन्ध एक हप्ता बढाइएको छ । अघिल्लो हप्ता दुई स्थानीयलाई कोरोना संक्रमण भेटिएपछि प्रतिबन्ध लगाइएको थियो । 

संक्रमण्को जोखिम बढ्ने भन्दै शुक्रबारदेखि लागू हुने गरी मे १७ सम्मका लागि प्रतिबन्ध बढाइएको हो ।

सिड्नीको पूर्वी बस्तीका दुई जनामा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि ग्रेटर सिड्नी, सेन्ट्रल कोस्ट, वोलोङगन र ब्ल्युमाउन्टेनमा प्रतिबन्ध जारी गरिएको हो ।

एक पुरुष र एक महिलामा देखिएको कोरोना संक्रमणको स्रोत पत्ता नलागेको र उनीहरुले यात्रा र भेटघाट गरेका स्थानहरुमा संक्रमण हुन सक्ने आशंकामा थप एक हप्ता प्रतिबन्धका नियम लगाइएको स्थानीय मिडियाहरुले जनाएका छन् ।

प्रतिबन्धहरुमा सुपरमार्केट, सार्वजनिक यातायात र स्थलहरुमा मास्क लगाउनु अनिवार्य गरिएको छ । घरमा २० जनाभन्दा बढी जमघट गर्न रोक लगाइएको छ भने सांगीतिक कार्यक्रम गर्न पनि नपाइने भएको छ ।